दिल्लीमा हप्तामा दुई दिन 'वर्क फ्रम होम'
नयाँ दिल्ली । दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले दुई दिन घरबाट काम गर्ने प्रणाली लागु गर्न आदेश दिएकी छन् ।
आदेशमा निजी कम्पनीहरूलाई पनि त्यसै गर्न भनिएको छ । अब, ५० प्रतिशत बैठकहरू अनलाइन हुनेछन् । श्रम विभाग र अन्य विभागहरूले २० प्रतिशत कम इन्धन पाउनेछन् । सरकारी मन्त्रीहरू र विधायकहरू मेट्रो र डीटीसीबाट यात्रा गर्नेछन् । मन्त्रीहरूको विदेश भ्रमण पनि स्थगित गरिएको छ । दिल्ली सरकारले तीन महिनासम्म ठुला सार्वजनिक कार्यक्रमहरू आयोजना गर्ने छैन ।
मुख्यमन्त्री रेखा गुप्ताले ऊर्जा संरक्षण र स्वदेशी उत्पादनहरूलाई प्रवद्र्धन गर्न धेरै घोषणाहरू गरेकी छन् । मल र बजारहरूमा ‘मेड इन इन्डिया’ उत्पादनहरूको लागि छुट्टै ठाउँ सिर्जना गरिनेछ । सरकारले ९० दिने अभियान चलाउनेछ, जसमा विद्यालय, अस्पताल र बजारहरूमा कार्यक्रमहरू समावेश हुनेछन् । मुख्यमन्त्रीले विद्युतीय सवारी नीति तयार भएको र चाँडै लागु गरिने बताइन् ।
सरकारी कार्यालयहरूमा एयर कन्डिसनरहरू स्थायी रूपमा २४–२६ डिग्रीमा सेट गरिनेछ । बिजुली खपत नियन्त्रण गर्न सेन्सरहरू जडान गरिनेछ । यी अभियान अभियान मे १५ मा सुरु हुने छ । दुई दिनसम्म १०० प्रतिशत वर्कफ्रम होम लागु गरिनेछ । अत्यावश्यक सेवाहरूलाई यसबाट बाहिर राखिएको छ । मुख्यमन्त्रीले आफ्नो स्कर्टिङमा प्रयोग हुने सवारी साधनको संख्या १३ बाट घटाएर चार बनाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण