बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

प्रतिनिधि सभा बैठक सुरु, विपक्षी दलहरूले फेरि गरे अवरोध

बिहीबार, ३१ वैशाख २०८३, २० : ५१
बिहीबार, ३१ वैशाख २०८३

काठमाडौँ । १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक सुरु भएको छ। विपक्षी दलहरूले बिहीबार बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको जवाफ माग्दै संसद् बैठक अवरुद्ध गरेका थिए । तर फेरि सुरु भएको बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरेका छन्। 

विपक्षीको अवरोधकाबिच प्रतिनिधि सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले जवाफ दिएका छन् ।सभामुख डोल प्रसाद अर्यालले विपक्षी दलका सांसदहरूले अवरोध गरेपनि अर्थमन्त्री वाग्लेलाई जवाफ दिन समय दिएका हुन् ।

विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ दिनुपर्ने भन्दै विरोध गरेका हुन् । अर्थमन्त्रीले जवाफ दिँदा विपक्षी दलका सांसदहरू आसनबाट उठेर असहमति जनाएका हुन् । जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले अर्थ राजनीतिको सुधार गर्दै नीति तथा कार्यक्रमको सामञ्जस्यताको आधारमा बजेट निर्माण गर्ने बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप