मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँ विश्वविद्यालयको जिम्मेवारी प्राध्यापक वाग्लेलाई

शुक्रबार, ०१ जेठ २०८३, १२ : ०२
शुक्रबार, ०१ जेठ २०८३

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयु)को उपकुलपतिको दैनिक कार्य सञ्चालनको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेले प्राप्त गरेका छन् । 

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले गत वैशाख ३० गतेको निर्णयानुसार विश्वविद्यालयको रिक्त उपकुलपतिमा दैनिक कार्य गर्नेगरी उनलाई जिम्मेवारी तोकेका हुन् ।

उनी सो विश्वविद्यालयको कानुन सङ्कायका पूर्वडीन हुन् । आजैदेखि उनले कार्यभार पनि सम्हालेकाे केयुले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप