बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो

शनिबार, ०२ जेठ २०८३, ०७ : ३५
शनिबार, ०२ जेठ २०८३

सारांश

  • नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने तय भए पनि आगामी सोमबारको लागि सारिएको छ ।
  • सोमबार अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सचिवालय बैठक बस्नेछ ।
  • बैठकमा पार्टीभित्रको कार्यविभाजन र फागुन २१ को निर्वाचनको समीक्षा हुनेछ ।

काठमाडौँ । आज बस्ने तय भएको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आगामी सोमबारको लागि सरेको छ । 

सोमबार अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा सचिवालय बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । 

आइतबार परेको मदन आश्रित दिवसको तयारी गर्नुपर्ने भएकोले आजको बैठक स्थगित गरिएको उनले जानकारी दिए । 

बैठकमा पार्टीभित्रको कार्यविभाजनका साथै फागुन २१ को निर्वाचनको समीक्षा समेत हुने बताइएको छ । निर्वाचनमा लज्जास्पद नतिजा ल्याएको भन्दै नेतृत्वले त्यसको जिम्मेवारी लिनुपर्ने आवाज उठ्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप