शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

जे सुकै गाली गर्नुस्, डोजर आतङ्क मच्चाउने सरकारको जमेर विरोध गरिरहन्छु : हर्क साम्पाङ

शनिबार, ०२ जेठ २०८३, १८ : ३४
शनिबार, ०२ जेठ २०८३

सारांश

  • श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले सुकुमबासी बस्तीमा डोजर चलाउने सरकारको विरोध गर्ने बताएका छन् ।
  • उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै जसले जेसुकै गाली गरे पनि सरकारको विरोध जारी राख्ने स्पष्ट पारेका छन् ।
  • व्यवस्थापन बिना नै सुकुमबासी बस्तीमा डोजर चलाइएको भन्दै साम्पाङ सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले बालेन शाह नेतृत्वको सरकारको जमेर विरोध गरिरहने बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै साम्पाङले यस्तो बताएका हुन् । 

उनले सुकुमबासी, अव्यवस्थित बसोबासीहरूलाई उठिबास लगाएर डोजर आतङ्क मच्चाउने सरकारको जमेर विरोध गरिरहने बताएका हुन् । जसले जेसुकै गाली गरेपनि विरोध गरिरहने उनले बताए । 

उनले लेखेका छन्,‘जसले मलाई जे सुकै गाली गर गर्दा हुन्छ तर सुकुमबासी अव्यवस्थित बसोबासीहरुलाई उठिबास लगाएर डोजर आतङ्क मच्चाउने सरकारको जमेर विरोध गरिरहन्छु म ! आतातायी सरकार !’

व्यवस्थापन बिनानै सरकारले सुकुमबासी बस्तीहरूमा डाेजर चलाएपछि साम्पाङ सरकारसँग असन्तुष्ट छन् ।

s

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप