सशस्त्रका दुई जना महिला कर्मचारीले गरे सगरमाथा आरोहण
आइतबार, ०३ जेठ २०८३, १४ : २१
सारांश
- सशस्त्र प्रहरी बलका दुई महिला कर्मचारी सहायक हवल्दार अनिता कार्की र सहायक निरीक्षक निमडिक्की शेर्पाले सगरमाथाको शिखरमा पुगेका छन् ।
- कार्की बिहान १०:२० बजे र शेर्पा ११:५५ बजे शिखरमा पुगेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
- यससँगै उनीहरू सशस्त्र प्रहरी बलबाट सगरमाथा आरोहण गर्ने तेस्रो र चौथो कर्मचारी बनेका छन् ।
काठमाडौँ । सशस्त्र प्रहरी बलका दुई जना महिला कर्मचारीले सगरमाथा आरोहण गरेका छन् । सहायक हवल्दार अनिता कार्की र सहायक निरीक्षक निमडिक्की शेर्पा आइतबार बिहान सगरमाथाको शिखरमा पुगेका हुन् ।
कार्कीले बिहान १० बजेर २० मिनेटमा र शेर्पाले ११ बजेर ५५ मिनेटमा सगरमाथा आरोहण गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए । सशस्त्रबाट प्रहरी बलबाट सगरमाथा आरोहण गर्ने उनीहरू तेस्रो र चौथो कर्मचारी हुन् ।
निम डिक्की इलामको सन्दकपुर गाउँपालिकाकी स्थानीय हुन् । रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरे घर भएकी आरोपी अनिता कार्की राष्ट्रिय फेन्सिङ खेलाडी पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरिल्याण्डमा ७ ए प्राइमरी निर्वाचन : नेपाली मूलका चापागाईं विजयी
-
नाबालिका बलात्कार र हत्याका अभियुक्तको इन्काउन्टरमा मृत्यु, प्रहरीको भूमिकामाथि प्रश्न
-
सीताको ‘सिलप्याक’ ग्यास सिलिन्डर खाली भेटिएपछि....
-
सचिव पुष्कर अनिवार्य अवकाशमा
-
राष्ट्र बैंक विधेयकमा डेढ दर्जन संशोधन : गभर्नरको कार्यकाल घटाउनेदेखि प्रादेशिक बैंकको प्रस्ताव
-
आन्तरिक रूपमा तयार पार्ने अनुसन्धान प्रतिवेदनहरू सार्वजनिक नगर्ने आयोगको नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण