‘अल्फा जेनेरेसन’ वयस्क हुँदा फेरि नयाँ विद्रोह लिएर सडकमा उभिने वातावरण बन्न दिनु हुँदैन : उपसभापति शर्मा
सारांश
- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको समृद्धि र नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न संविधान संशोधनको प्रक्रियालाई गम्भीरतापूर्वक अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।
- उनले वर्तमान समयमा उब्जिएका प्रश्न र अपेक्षाहरूलाई सही ढङ्गले निरूपण गर्न नसकिए आगामी दशकमा मुलुकले गम्भीर संकटको सामना गर्नुपर्ने चेतावनी दिए ।
- शर्माले अहिलेका युवाहरूको आशालाई विश्वासमा बदल्न नसकिए १० वर्षपछिको स्थिति भयावह हुनसक्ने र ‘अल्फा जेनेरेसन’ वयस्क हुँदा नयाँ विद्रोह सडकमा आउन सक्ने बताए ।
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको समृद्धि र नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न संविधान संशोधनको प्रक्रियालाई गम्भीरतापूर्वक अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।
पार्टी केन्द्रिय कार्यालय वीपी स्मृति भवनमा आयोजित कार्यक्रममा बोल्दै शर्माले बदलिँदो समय र युवा पुस्ताको चाहना अनुरूप संविधानलाई गति दिनुपर्ने बताएका हुन् ।
उपसभापति शर्माले वर्तमान समयमा उब्जिएका प्रश्न र अपेक्षाहरूलाई सही ढङ्गले निरूपण गर्न नसकिए आगामी दशकमा मुलुकले गम्भीर संकटको सामना गर्नुपर्ने चेतावनी दिए । संविधान संशोधनको विषयलाई दलगत स्वार्थभन्दा माथि राखेर राष्ट्रिय सहमतिका आधारमा अगाडि बढाउनुपर्ने उनको तर्क छ । आवेग र आग्रहबाट मुक्त भएर नागरिक तथा युवा पुस्ताको भावनालाई केन्द्रमा राखी संविधान परिमार्जन गर्नुपर्नेमा उनले जोड दिए ।
नेपाली कांग्रेसले संविधान संशोधन र समसामयिक राजनीतिक विषयमा गृहकार्य गर्न उपसभापति पुष्पा भुसालको नेतृत्वमा विज्ञ टोली परिचालन गरेको जानकारी समेत शर्माले दिए । उनले यस प्रक्रियामा पार्टीभित्र र बाहिरका सबै बौद्धिक व्यक्तित्व, आलोचक तथा आम नागरिकको रचनात्मक सुझावको अपेक्षा गरिएको बताए ।
कार्यक्रममा बोल्दै उनले भने, ‘अहिलेका युवाहरूको आशालाई विश्वासमा बदल्न सकिएन भने १० वर्षपछिको स्थिति भयावह हुनसक्छ । अहिलेको ‘अल्फा जेनेरेसन’ वयस्क हुँदा फेरि नयाँ विमति र विद्रोह लिएर सडकमा उभिने वातावरण बन्न दिनु हुँदैन । हामी फेरि आमाहरूको काख रित्तिएको र सिंहदरबार जलेको दृश्य हेर्न चाहँदैनौँ ।’
आजको युवा पुस्ताको मुख्य चाहना ‘लोकतन्त्र र विकास’ (डी एन्ड डी – डेमोक्रेसी एन्ड डेभलपमेन्ट) रहेको उल्लेख गर्दै उपसभापति शर्माले लोकतान्त्रिक ढाँचाभित्रै रहेर यी दुवै लक्ष्य हासिल गर्न कांग्रेस प्रतिवद्ध रहेको स्पष्ट पारे । देश सबैको साझा आँगन भएको उल्लेख गर्दै उनले सरकार र प्रतिपक्ष दुवैले जिम्मेवार भएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्थ्रोपिकको कोडिङ टुल प्रयोग गर्न अलिबाबाका कर्मचारीलाई रोक
-
ट्रम्पको चेतावनी–'एकै आक्रमणमा इरानी नेतृत्व समाप्त गर्न सक्थ्यौँ', इरानको जवाफ– 'तपाईंसँग न सभ्यता छ, न सम्मान'
-
थाइल्याण्डबाट चक्लेटको प्याकेटमा लुकाएर गाँजा ल्याउने भारतीय नागरिक पक्राउ
-
क्रियाशील सदस्यता अध्यावधिकको प्रतिवेदन असार २५ गतेभित्र बुझाउन तरुण दलको निर्देशन
-
मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु
-
यी मान्छेले खानै हुँदैन नरिवल पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण