साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
सारांश
- आजको पञ्चाङ्ग अनुसार वि.सं.२०८३ साल जेठ ४ गते सोमबार, इस्वी सन् २०२६ मे १८ तारिख परेको छ ।
- आजको राशिफल अनुसार मेष, वृष, कर्कट, सिंह, कन्या, वृश्चिक, धनु, मकर र मीन राशिका लागि दिन शुभ रहनेछ ।
- शुभ कार्यका लागि लाभबेला र अमृत बेलाको समय पारेर गर्न तथा राहुकालको समयमा शुभ कार्य नगर्न सल्लाह दिइएको छ ।
आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल जेठ ४ गते । सोमबार । इस्वी सन् २०२६ मे १८ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । अधिक जेठ शुक्लपक्ष । तिथि–द्धितीया, ४० घडी ३० पला, बेलुकी ९ बजेर १७ मिनेट उप्रान्त तृतीया । नक्षत्र–रोहिणी, २३ घडी २३ पला, दिउसो २ बजेर ३७ मिनेट उप्रान्त मृगशिरा । योग–सुकर्मा, ५० घडी ४० पला, रातको १ बजेर ३१ मिनेट उप्रान्त धृति । करण–बालव, बिहान १० बजेर ३१ मिनेट उप्रान्त कौलव, बेलुकी ९ बजेर १७ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–प्रवर्द्धक योग । चन्द्रराशि–वृष ।
काठमाडौँमा सूर्योदय बिहान ५ बजेर १६ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ४५ मिनेट । दिनमान ३३ घडी ४७ पला ।
आजको बार बेला ।
- बिहान ५ बजेर १६ मिनेटसम्म अमृत बेला ।
- बिहान ५ बजेर १७ मिनेटदेखि बिहान ६ बजेर ५७ मिनेटसम्म काल बेला ।
- बिहान ६ बजेर ५८ मिनेटदेखि बिहान ८ बजेर ३८ मिनेटसम्म शुभ बेला ।
- बिहान ८ बजेर ३९ मिनेटदेखि बिहान १० बजेर २० मिनेटसम्म रोग बेला ।
- बिहान १० बजेर २१ मिनेटदेखि बिहान १२ बजेर १ मिनेटसम्म उद्वेग बेला ।
- दिउसो १२ बजेर २ मिनेटदेखि दिउसो १ बजेर ४२ मिनेटसम्म चर बेला ।
- दिउसो १ बजेर ४३ मिनेटदेखि दिउसो ३ बजेर २४ मिनेटसम्म लाभ बेला ।
- दिउसो ३ बजेर २५ मिनेटदेखि बेलुकी ५ बजेर ५ मिनेटसम्म अमृत बेला ।
- बेलुकी ५ बजेर ६ मिनेटदेखि बेलुकी ८ बजेर ५ मिनेटसम्म चर बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान ६ बजेर ५६ मिनेटदेखि बिहान ८ बजेर ३८ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।
ब्रहा मुहूर्त
बिहान ३ बजेर ४० मिनेटदेखि बिहान ४ बजेर २८ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) गीत संगित तथा कला साहित्यमा समय दिनेहरूले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ । कामहरू समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जाँगर बढेर आउनेछ । व्यापार व्यवसाय, शेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी बढाई आम्दानीका बाटाहरू फराकिला बनाउन सकिनेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईँको बौद्धिकताको सबैले सम्मान गर्नेछन् ।
- वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यवसाय फस्टाएर भने लगानीको नयाँ वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरीको योग रहेको छ । राजनीतिमा पद प्राप्तिको योग रहेको छ । लामो दुरीको साङ्गीतिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) हुन तथा बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। नयाँ काममा हात हाल्न केही समय पर्खँदा राम्रो हुनेछ। स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ ध्यान दिनुहोला । लामो दुरीको यात्राको तय गर्न सकिने भए पनि यात्राका क्रममा ध्यान दिनुहोला । रुपैयाँ पैसा फस्ने योग रहेको छ ख्याल गर्नुहोला । तर पनि भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यतित हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) घर परिवार तथा समाजमा तारिफयोग्य काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत लाभ लिन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाई जनमानसमा लैजान सकिनेछ । व्यापार, औद्योगिक क्षेत्र तथा शेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ ।
- सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सकारात्मक सोचको विकास हुनेछ भने नयाँ प्रविधिको प्रयोग गरी समय अनुसार अपडेट होइनेछ । व्यापार, औद्योगिक क्षेत्र तथा शेयर बजारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । कामको खाेजिमा हुनेहरूले नयाँ काम पाउने योग रहेको छ । प्रेममा नजिक हुने समय रहेको छ भने घर परिवारमा सबैको सल्लाह सुझाव पाइने हुनाले मन प्रसन्न रहनेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सन्तानको सुखमा मन रमाउनेछ भने आध्यात्मिक तथा धार्मिक क्षेत्रमा समय खर्चनु पर्दा मन प्रसन्न रहनेछ । अध्ययन अध्यापन तथा खोजमूलक क्षेत्रमा सफलता हात पार्न सकिनेछ भने राज्यबाट सम्मानित हुने ग्रहयोग रहेको छ । प्रेमका बाटाहरू फराकिला हुनेछन् भने जीवन साथीको पनि सहयोग पाइने हुँदा मन प्रसन्न रहनेछ । पुराना काम सफलता पूर्वक सम्पन्न हुने हुनाले मन प्रसन्न हुनेछ । सानो सानो प्रयत्न गर्दा पनि मनग्गे आम्दानी हुनेछ भने व्यापार व्यवसाय फस्टाएर जानेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) काम बढे पनि आम्दानी भने न्यून हुनेछ । न्यून पारिश्रमिकमा दिनभर समय खर्चिनु पर्दा मन खिन्न हुनेछ । आफन्त तथा दिदी बहिनीसँग सानो सानो कुरामा विवाद सिर्जना हुनेछ । पढाइ लेखाइमा ध्यान जाने छैन भने विभिन्न अवसर आएपनी सदुपयोग गर्न नजान्दा अरु भन्दा धेरै पछि परिनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ भने प्रेममा अविश्वास बढ्ने तथा धोका हुनेछ । तर पनि धार्मिक वा शैक्षिक यात्राको सम्भावना रहेको छ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति जोड्ने समय रहेको छ । सामूहिक लगानी कर्ता भेला पारी सुरु गरिने व्यापार व्यवसाय फस्टाएर जाने तथा भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिने तथा जीवनस्तर सहज रूपमा अगाडी बढाउन सकिनेछ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो हुनेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार फस्टाएर जाने हुनाले अर्थ सङ्ग्रह मनग्गे गर्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धिहरुलाई हराउँदै अग्र पंत्तिमा आउन सकिनेछ । पुराना ऋण तथा समस्याहरू हल भएर जानेछ । मामा तथा मावली पक्षको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यवसाय तथा काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । आफन्त तथा सन्तानबाट तपाईँको काममा विशेष सहयोग प्राप्त हुनेछ । बौद्धिकताको प्रयोग गरी नाम तथा दाम कमाउन सकिनेछ । नयाँ विचार दिमागमा आउने हुनाले प्रविधिको प्रयोग गरी व्यवहारमा रूपान्तरण गर्न सकिनेछ । प्रेममा सफलता मिल्नेछ । पढाइकै सिलसिलामा यात्रा गर्ने अवसर जुर्नेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) घर परिवार तथा साथीहरूबाट टाढिएर परदेशको यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ । पुरानै कामहरूलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरू प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । दाजुभाइ तथा छिमेकीहरूसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय र पैसा खर्च हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरिल्याण्डमा ७ ए प्राइमरी निर्वाचन : नेपाली मूलका चापागाईं विजयी
-
नाबालिका बलात्कार र हत्याका अभियुक्तको इन्काउन्टरमा मृत्यु, प्रहरीको भूमिकामाथि प्रश्न
-
सीताको ‘सिलप्याक’ ग्यास सिलिन्डर खाली भेटिएपछि....
-
सचिव पुष्कर अनिवार्य अवकाशमा
-
राष्ट्र बैंक विधेयकमा डेढ दर्जन संशोधन : गभर्नरको कार्यकाल घटाउनेदेखि प्रादेशिक बैंकको प्रस्ताव
-
आन्तरिक रूपमा तयार पार्ने अनुसन्धान प्रतिवेदनहरू सार्वजनिक नगर्ने आयोगको नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण