मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

अदालतको फैसलापछि हट्यो पोखराको अमरसिंह माविको जग्गा अतिक्रमण, व्यवसायीले खाली गरे टहरा

सोमबार, ०४ जेठ २०८३, ११ : ३८
सोमबार, ०४ जेठ २०८३

सारांश

  • पोखराको अमरसिंह माध्यमिक विद्यालयको जग्गामा विगत तीन दशकदेखि सञ्चालित ५३ वटा व्यावसायिक टहराहरू हटाइएको छ।
  • विद्यालयको जग्गा अतिक्रमण गरी बनाइएका टहराहरू हटाउन अदालतले विद्यालयकै पक्षमा फैसला सुनाएको थियो।
  • अदालतको फैसलापछि व्यवसायीहरूले सामान स्थानान्तरण गरी जेठ ४ गतेसम्ममा टहराहरू खाली गरेका हुन्।

पोखरा । पोखरा महानगरपालिका वडा नं. १२ स्थित अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा विगत तीन दशकदेखि सञ्चालित अस्थायी संरचनाहरू हटाइएको छ। 

विद्यालयको जग्गा अतिक्रमण गरी बनाइएका ५३ वटा व्यावसायिक टहराहरू पूर्ण रूपमा खाली गरिएको हो। 

amar singh tahara (1)

लामो समयदेखि विद्यालयको जग्गामा रहेका यी संरचनाहरू हटेसँगै उक्त जग्गा अब विद्यालयको पूर्ण स्वामित्व र उपयोगमा आएको छ। यसअघि विद्यालय प्रशासनले पटक–पटक सूचना जारी गरी जग्गा खाली गर्न आग्रह गरे पनि व्यवसायीहरूले त्यसको अवज्ञा गर्दै आएका थिए। 

amar singh tahara (3)

सोही विवादका क्रममा व्यवसायीहरूले अदालतमा मुद्दासमेत दायर गरेका थिए। तर अदालतले विद्यालयकै पक्षमा फैसला सुनाएपछि विद्यालयले पुनः १५ दिने सूचना जारी गरेको थियो।

amar singh tahara (4)

अदालतको फैसला र विद्यालयको सूचनाको म्याद समाप्त हुन लाग्दा पोखरा महानगरपालिकाका प्रमुख र व्यवसायीहरूबिच छलफल भएको थियो। उक्त छलफलपछि टहरा हटाउन जेठ ४ गतेसम्मको अन्तिम समयसीमा तोकिएको थियो। 

amar singh tahara (5)

सोही सहमति बमोजिम व्यवसायीहरूले आफ्ना सामानहरू सुरक्षित रूपमा स्थानान्तरण गरी टहराहरू खाली गरेका हुन्।

amar singh tahara (6)amar singh tahara (7)amar singh tahara (8)amar singh tahara (9)amar singh tahara (10)amar singh tahara (11)amar singh tahara (12)amar singh tahara (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप