देश वृद्धाश्रम बन्दैछ, युवा फर्काउने कुनै ठोस आर्थिक प्याकेज आएन : दङ्गाल
सारांश
- नेकपा (एमाले) का राष्ट्रिय सभाका संसदीय दलका नेता प्रेमप्रसाद दङ्गालले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पुँजीगत खर्च प्रणालीलाई चुस्त बनाउने गरी आउन नसकेको टिप्पणी गरेका छन्।
- उनले देश वृद्धाश्रमको अवस्थामा पुग्न लागेको भए पनि युवाहरूलाई स्वदेशमै रोक्ने तथा विदेशिएकालाई फर्काउने कुनै ठोस आर्थिक प्याकेज बजेटको सिद्धान्त र प्राथमिकतामा नसमेटिएको बताए।
- दङ्गालले असारमा मात्र बजेट खर्च गर्ने प्रवृत्ति अन्त्य गर्न र पुँजीगत खर्च प्रणालीलाई चुस्त बनाउने गरी कुनै ठोस कार्ययोजना प्राथमिकताका साथ नआएको उल्लेख गरे।
काठमाडौँ । नेकपा (एमाले) का राष्ट्रिय सभाका संसदीय दलका नेता प्रेमप्रसाद दङ्गालले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पुँजीगत खर्च प्रणालीलाई चुस्त बनाउने गरी आउन नसकेको टिप्पणी गरेका छन्।
राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
देश वृद्धाश्रमको अवस्थामा पुग्न लागेको भए पनि युवाहरूलाई स्वदेशमै रोक्ने तथा विदेशिएकालाई फर्काउने कुनै ठोस आर्थिक प्याकेज बजेटको सिद्धान्त र प्राथमिकतामा नसमेटिएको उनले बताए। मूल्यवृद्धि रोकी आम नागरिकलाई राहत दिने ग्यारेन्टी समेत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा नदेखिएको उनको टिप्पणी छ।
बैठकमा बोल्दै दङ्गालले भने, ‘नेपालमा सधैँको पुरानो रोगका रूपमा रहेको असारमा मात्र बजेट खर्च गर्ने असक्षम प्रवृत्तिलाई अन्त्य गर्नका लागि कस्तो खालको संरचनागत क्रमभङ्गता गर्ने भन्ने विषयमा कुनै ठोस कार्ययोजना प्राथमिकताका साथ आउन सकेको छैन। त्यसकारण पुँजीगत खर्च प्रणालीलाई चुस्त बनाउने गरी कार्ययोजना आएको छैन।’
यसैगरी उनले अहिले प्रस्तुत गरिएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले नेपालको असंलग्न परराष्ट्र नीति र वैदेशिक अनुदानमा थप चुनौती थपेको आरोप समेत लगाए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै
-
राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी
-
गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ
-
ओमान नजिक इरानको बारुदी सुरुङ हटाउने ट्याङ्करमाथि आक्रमण
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३५०० नाघ्यो
-
लेखा समितिमा उपसमिति गठनको विवाद, सहमति बिना बैठक स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण