‘पोखराको पर्यटन परम्परागत मात्र नभई व्यावसायिक हुनुपर्ने’
गण्डकी । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको पर्यटन परम्परागत मात्र नभई समयसापेक्ष व्यावसायिक हुनुपर्नेमा जोड दिएका छन् ।
पोखराको छिनेडाँडास्थित नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज (एनटिएचएमसीमा) सोमबारदेखि आयोजित ‘पाँच दिने विशेष ‘ट्रेन द ट्रेनर’ विषयक पाँच दिने विशेष तालिमको उद्घाटन गर्दै प्रमुख आचार्यले समयसापेक्ष व्यावसायिक पर्यटनको विकास आवश्यक हुने बताए । सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक ज्ञान र यहाँको भूगोल सुहाउँदो पर्यटनको विकास हुनुपर्नेमा जोड दिँदै उनले हाम्रो वास्तविकता, भूगोलसँगै सामाजिक आर्थिक अवस्था समेतलाई आत्मसात् गर्दै यस क्षेत्रको सुधार गर्न सकिने बताए ।
पोखरा तुलनात्मक रूपमा अन्य क्षेत्रभन्दा न्यानो आतिथ्यताका लागि चिनिने उल्लेख गर्दै प्रमुख आचार्यले यो गरिमालाई जोगाइराख्नु होटल व्यवसायीको मुख्य जिम्मेवारी रहेको स्मरण गराए । पोखरालाई प्रकृति, संस्कृति र साहसिक पर्यटनको सङ्गमका रूपमा चिनाउँदै यी तिनै कुरालाई एकसाथ अगाडि बढाउन होटलले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनले उल्लेख गरे ।
नेपाल बाहिर विभिन्न देशमा होटल म्यानेजमेन्ट र पर्यटन क्षेत्रमा अध्ययन तथा काम गरिरहेका नेपाली जनशक्ति र पोखराकै कलेजबाट उत्पादित जनशक्तिलाई पोखरामै टिकाइराख्ने वा फर्काउने वातावरण बनाउनुपर्ने प्रमुख आचार्यको भनाइ थियो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिसकिएका अवस्थामा यहाँका गतिविधि अन्य प्रदेशका लागि उदाहरणीय हुनुपर्ने बताए । तालिमका सहभागीले यहाँ सिकेका कुरालाई आ–आफ्ना प्रतिष्ठान र होटलमा व्यावहारिक रूपमा लागू गर्न उनले आग्रह गरे ।
कलेजका अध्यक्ष अशोक पालिखेले पोखराको पर्यटन र हस्पिटालिटी क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि दक्ष जनशक्ति उत्पादन गर्न कलेजमा ‘ट्रेन द ट्रेनर’ कार्यक्रमको सुरुआत गरिएको बताए । स्वीस कन्ट्याक्ट र प्रसिद्ध होटल म्यानेजमेन्ट कलेज ‘एसएचएल लुजानी’सँगको सहकार्यमा कलेजले विशेष तालिम आयोजना गरेको बताए ।
पोखराका पर्यटन क्षेत्रका १५ व्यवस्थापकस्तरका व्यक्तिलाई दिइने तालिममार्फत पर्यटन क्षेत्रका लागि प्रशिक्षक तयार पार्ने उद्देश्य लिइएको छ । तालिमप्राप्त प्रशिक्षकले आगामी जुलाई महिनामा पोखरा र यस क्षेत्रका होटलमा कार्यरत करिब ५०० कर्मचारीलाई हस्पिटालिटी, फ्रन्ट डेस्कलगायत विभिन्न विधामा विशेष तालिम प्रदान गर्ने आयोजकले जनाएको छ ।
कार्यक्रममा प्रिन्सिपल प्रकाश रेग्मीले पोखराको पर्यटन क्षेत्रलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउनका लागि रणनीतिक नेतृत्व र दिगो व्यवस्थापनको आवश्यकता रहेको बताए । उनले कलेजको २७ वर्षको इतिहासमा यो तालिम एक कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण