मधेस क्षेत्र अहिले विष्फोटको स्थितिमा छ, समयमै उपचार खोज्न सरकारलाई सिंहको चेतावनी
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले सरकारले पेस गरेको विनियोजन विधेयकमा मधेस क्षेत्रको विकासका लागि कुनै योजना नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
- सांसद सिंहले राणाकालदेखि बन्न सुरु भएको हुलाकी राजमार्ग अझै सम्पन्न नभएको र मधेसको मानव विकास सूचकाङ्क कर्णालीभन्दा पनि कमजोर रहेको बताए ।
- उनले मधेस विस्फोटको अवस्थामा रहेको भन्दै अप्रिय परिस्थिति आउनुअघि नै सरकारले समस्याको समाधान खोज्न चेतावनी दिएका छन् ।
काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले सरकारले संसद्मा पेस गरेको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको विरोध गरेका छन् । मधेस क्षेत्रको विकास र समेटिनुपर्ने योजनाका लागि सो विधेयकमा कुनै पनि शब्द समेत उल्लेख नगरिएको जिकिर गर्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद सिंहले राणा कालदेखि बन्न सुरु गरेको हुलाकी राजमार्ग सम्पन्न गर्ने विषयमा सरकारले कुनै शब्द समेत उच्चारण नगरेको भन्दै आक्रोश व्यक्त गरे । चुनावका बेला मधेसले सबैभन्दा बढी मत दिएर सत्तामा पुर्याए पनि सरकारले सोही क्षेत्रको चरम उपेक्षा गरेको भन्दै उनले आपत्ति जनाए ।
सांसद सिंहले मधेस हाल विष्फोटको अवस्थामा रहेको र त्यस्तो अप्रिय परिस्थिति आउनु भन्दा अघि नै समस्याको उपचार खोज्न सरकारलाई गम्भीर रूपमा सचेत गराए । आफ्नो क्षेत्रको समस्या र मधेसको अवस्थाबारे बोल्दै सांसद सिंहले भने, ‘विनियोजन पढ्दाखेरी मधेसका लागि त्यहाँ केही पनि देखिएन । राणाकालदेखि जो हुलाकी राजमार्ग छ । तर उक्त विधेयकमा हुलाकी भन्ने शब्द पनि लेखिएको छैन । राणाकालपछि बनेको हुलाकी राजमार्ग आजसम्म सम्पन्न भएको छैन । कतै पुल छैन, कतै रोड नै छैन । त्यसपछि दुई वटा राजमार्ग बन्यो । मदन भण्डारी राजमार्ग र मध्यपहाडी राजमार्ग । तर ११० वर्ष पुरानो हुलाकी राजमार्ग आजसम्म बनेको छैन ।’
उनले थपे, ‘मेरै क्षेत्रमा क्रस गर्छ, त्यहाँ पनि बनेको छैन । विकास, निर्माण जहिले पनि जनताको लागि हुन्छ । भूगोलको लागि होइन । मधेसको सबै क्षेत्रको इन्डेक्स कर्णाली प्रदेशको भन्दा पनि बिलो छ । त्यसका लागि एउटा विशेष प्याकेजको घोषणा हामीले सोचेका थियौँ । किनकी मधेसको यो सरकारमाथि किन पनि अधिकार छ भने सबै भन्दा बढी भोट मधेसले दिएको छ । म सरकारलाई आग्रह गर्न चाहन्छु–मधेस विष्फोटको स्थितिमा छ । त्यो विष्फोट हुनु अघि त्यसको उपचार गरौँ ।’
सांसद सिंहले मधेस प्रदेशका मानव विकास सूचकाङ्कहरू कर्णालीको भन्दा पनि कमजोर रहेको तथ्य औँल्याउँदै सरकारले त्यहाँको विकास र समृद्धिका लागि विशेष खालको प्याकेज कार्यक्रम ल्याउनुपर्ने अवस्था रहेको बताए । राज्यले कर र मत लिने तर भौतिक पूर्वाधार र विकासका योजना दिने बेलामा विभेद गर्ने परिपाटी अन्त्य नभए यसले मुलुकमा अर्को गम्भीर सङ्कट निम्त्याउन सक्ने तर्फ उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै
-
राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी
-
गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ
-
ओमान नजिक इरानको बारुदी सुरुङ हटाउने ट्याङ्करमाथि आक्रमण
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३५०० नाघ्यो
-
लेखा समितिमा उपसमिति गठनको विवाद, सहमति बिना बैठक स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण