पृथ्वीचोकका सुकुमबासीलाई ३ दिनभित्र विवरण बुझाउन पोखरा महानगरको उर्दी
पोखरा । पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका सुकुमबासीहरुलाई आफ्नो विवरण ३ दिनभित्र बुझाउन उर्दी जारी गरेको छ । बसपार्कमा बस्दै आएका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई आफ्नो विवरण वडा कार्यालयमा बुझाउन भनिएको हो ।
बुधबार सूचना जारी गर्दै महानगरले निवेदनको ढाँचा समेत दिएर विवरण बुझाउन भनेको छ । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको उक्त जग्गामा यसअघि नै महानगरपालिकाबाट निस्सा वितरण गरिसकेको छ । अब सुकुमबासीले जेठ ८ गतेसम्ममा वडा कार्यालयमा कागजातसहित उपस्थित हुनुपर्छ ।
त्यसका लागि महानगरपालिकाबाट वितरण गरिएको निस्साको प्रतिलिपि, घरमूली र परिवारका सदस्यको नागरिकताको प्रतिलिपि, घर मूली र परिवारका सदस्यबिचको नाता प्रमाणित पत्र वा स्व–घोषणा पत्र पनि सँगै पेस गर्नुपर्ने महानगरले जनाएको छ ।
यसमा परिवारका सदस्यको नाम, उमेर, पेसा, नागरिकता वा जन्मदर्ता नम्बर, नाता, शैक्षिक योग्यता र अशक्तताको अवस्थाबारे खुलाउनुपर्नेछ । तोकिएको समयभित्र विवरण नबुझाएमा महानगर जिम्मेवार नहुने सूचनामा उल्लेख छ । पोखराले बसपार्क क्षेत्रका सुकुमबासी हटाउने तयारी गरेको छ ।
यसअघि जिल्लास्थित सुरक्षा निकायसँग छलफल गरेर तयारी गरिरहेको छ । सरोकारवालाहरूले पनि बसपार्क निर्माणमा आफ्नो साथ रहने प्रतिबद्धता जनाएका छन् ।
बसपार्क क्षेत्रमा ४ सय भन्दा बढी सुकुमबासी रहेको अनुमान छ । २ सय ५ रोपनी जग्गा २०३२ सालमा अधिग्रहण गरिएकोमा हाल विभिन्न नाममा कब्जा गरेर ५० रोपनी भन्दा कम रहेको अध्ययन रिपोर्टहरूले उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा लगानी प्रवर्द्धनका लागि आबुधाबीमा 'नेपाल–युएई आर्थिक साझेदारी' कार्यक्रम सम्पन्न
-
बढ्यो दुर्घटना जोखिमः तर सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
पूर्वलडाकु कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुलेको आरोपमा पाँच जना पक्राउ
-
नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु
-
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण