दैलेखको ग्यास खानीलाई २ करोड बजेट : सांसद सावित्री मल्लले मागिन् स्पष्टीकरण
काठमाडौँ । सांसद सावित्री मल्लले दैलेखको पेट्रोलियम पदार्थ उत्खनन परियोजनाका लागि विनियोजन गरिएको बजेटप्रति आपत्ति जनाएकी छन् ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी आर्थिक वर्षको बजेटमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको शीर्षकमाथि भएको छलफलमा बोल्दै सांसद मल्लले २ करोड २९ लाख रुपैयाँ बजेटले यति ठुलो परियोजना सम्पन्न हुन नसक्ने दाबी गरिन्।
सांसद मल्लले दैलेखको जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन सुरु भएको एक वर्ष भइसकेको र त्यहाँ ५० वर्षसम्म पुग्ने मिथेन ग्यास रहेको विज्ञहरूको प्रतिवेदनले देखाएको उल्लेख गरिन्।
उनले भनिन्, ‘२ करोड २९ लाखले मात्र के हुन्छ ? त्यहाँ ५० वर्ष पुग्ने मिथेन ग्यास भएको विज्ञहरूको प्रतिवेदन छ । यो २ करोड २९ लाख रुपैयाँ के बजेट हो ? यसले कसरी उत्खनन सम्पन्न हुन्छ ?’
सरकारले विनियोजन गरेको यो न्यून बजेटले आयोजनालाई गिज्याइरहेको बताउँदै उनले यो बजेटको खाका कसले तयार पारेको भन्दै प्रश्न गरिन् । ‘कसरी बजेट विनियोजन भयो ? कसले प्रपोजल पेस गर्यो ? यसको मलाई स्पष्टीकरण चाहियो,’ उनले भनिन्।
सांसद मल्लले थोरै बजेट दिएर आयोजना अल्झाउनुभन्दा बरु सो बजेट फिर्ता लिन मन्त्रालयलाई आग्रह गरिन्। उनले थपिन्, ‘न्यून बजेट राखेर काम हुँदैन भने यो बजेट फिर्ता लिनुस्। राष्ट्रिय गौरवको यो आयोजनालाई प्राथमिकता दिएर पर्याप्त बजेट विनियोजन गरिनुपर्छ।’
नेपालले बर्सेनि अर्बौँको इन्धन आयात गरिरहेको अवस्थामा आफ्नै देशको खानी उत्खननमा कन्जुस्याइँ गर्न नहुने उनको तर्क थियो। काठमाडौँमा ग्यासको लागि लाइन बस्नुपर्ने अवस्था अन्त्य गर्न दैलेखको ग्यास खानी कोशेढुङ्गा सावित हुने भन्दै उनले सरकारलाई गम्भीर हुन सचेत गराइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विधेयकमा भएको हेरफेरबारे अर्थमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्छ : वर्षमान पुन
-
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण, भत्किने डरैडरमा काम गर्दै सुरक्षाकर्मी: आईजीपी कार्की
-
सुदूरपश्चिम मन्त्रिपरिषद् बैठक : बिदा भएर निस्किए मन्त्रीहरू
-
हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न संसदीय समितिको निर्देशन
-
नेप्सेमा २० अङ्कको गिरावट, ४ अर्ब माथिको कारोबार
-
नेपालको जलवायु उत्थानशीलता र कृषिको दिगो विकासमा बेलायतको सहयोग जारी रहने प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण