लुम्बिनी प्रदेश सभा बैठक भोलि बस्ने
बुधबार, ०६ जेठ २०८३, १४ : ३३
सारांश
- लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनको दोस्रो बैठक बिहीबार १ बजे बस्ने भएको छ ।
- प्रदेश सभामुखको निर्देशनमा प्रदेश सभा सचिवालयले सूचना जारी गरी बैठकको मिति तय गरेको हो ।
- बैठकमा मुख्य रूपमा आगामी बजेटसम्बन्धी छलफल हुनेछ ।
बुटवल । लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत दोस्रो बैठक बिहीबार बिहान १ बजे बस्ने भएको छ ।
प्रदेश सभामुखको निर्देशनअनुसार बैठक बस्न लागेको भन्दै प्रदेश सभा सचिवालयले सूचना जारी गरेको हो ।
प्रदेश सभा सचिवालयद्वारा बुधबार जारी सूचनाअनुसार लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम प्रदेश सभा सदस्यहरूको जानकारीका लागि सूचना प्रकाशन गरिएको जनाएको छ ।
प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरद्वारा हस्ताक्षरित सूचनामा बैठक राप्ती उपत्यका (देउखुरी)स्थित प्रदेश सभा भवनमा बस्ने उल्लेख गरिएको छ ।
बैठकमा मुख्य रूपमा आगामी बजेटसम्बन्धी छलफल हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण