सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

पूर्वराष्ट्रपति यादव, गगनदेखि माधव नेपाल सम्मले हेरे ‘बिगुल’

बुधबार, ०६ जेठ २०८३, १५ : ५३
बुधबार, ०६ जेठ २०८३

काठमाडौँ । नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादव, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वमन्त्री प्रदीप पौडेल, सांसद अर्जुननरसिंह केसीलगायत विभिन्न नेताहरूले फिल्म ‘बिगुल’ हेरेका छन् । मङ्गलवार साँझ विश्वज्योति चलचित्र भवनमा आयोजित विशेष प्रदर्शनमा उनीहरुले फिल्म हरेका हुन् । 

प्रदर्शनपछि अधिकांशले फिल्मले उठाएको विषयवस्तु आजको नेपालको यथार्थसँग गहिरो रूपमा मेल खाने प्रतिक्रिया दिएका थिए । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले लामो समयपछि हलमा पुगेर नेपाली फिल्म हेरेको उल्लेख गर्दै ‘बिगुल’लाई ‘देशको यथार्थ बोल्ने साहसी फिल्म’ को रूपमा चर्चा गरे ।

702910876_1821881879211502_8177791980032215706_n

त्यस्तै,नेपाली कांग्रेसका सभापति गगन थापाले यो फिल्म केवल मनोरञ्जन नभई समाजलाई सोच्न बाध्य बनाउने चेतनाको माध्यम भएको बताए । केही अगाडि प्रदर्शनमा आएको फिल्म चसनाको कारण रिलिजको केही दिनमै स्थगित भएको थियो ।

देशको राजनीतिक अस्थिरता, भ्रष्टाचार, प्रशासनिक विकृति र जन आक्रोशलाई केन्द्रमा राखेर निर्माण गरिएको यो फिल्म रमेश कोइरालाले निर्देशन गरेका हुन् । फिल्मका निर्माता दिनेश कोइराला हुन् । ‘बिगुल’ कुनै व्यक्ति वा दलविरुद्ध नभई समाजमा मौलाएको विकृति, अन्याय र भ्रष्ट प्रवृत्तिविरुद्धको कलात्मक आवाज भएको निर्देशक रमेशले बताए ।

702703494_1821881892544834_8535947420021678011_n

फिल्म पुनः प्रदर्शनको तयारी भइरहेको छ । फिल्मको आगामी जुन २६ देखि अस्ट्रेलियाका विभिन्न सहरहरूमा पनि फिल्म प्रदर्शन गरिने बताइएको छ । फिल्ममा बेनिशा हमाल, नरेन खड्का, जेएन घिमिरे, हेमन्त बुढाथोकी, विनोद न्यौपाने, मिरा पण्डित, मान्सी शर्मा र रवीन्द्र खड्कालगायत कलाकारहरूको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप