शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रेस काउन्सिलको अध्यक्षका लागि दरखास्त आह्वान

बिहीबार, ०७ जेठ २०८३, ०७ : ३२
बिहीबार, ०७ जेठ २०८३

सारांश

  • सरकारले प्रेस काउन्सिल नेपालको रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ ।
  • सूचना तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गर्दै प्रतिस्पर्धात्मक प्रणालीद्वारा योग्य उम्मेदवार छनोटका लागि आवेदन माग गरेको हो ।
  • इच्छुक र योग्य व्यक्तिले आगामी २०८३ साल जेठ १८ गते कार्यालय समयभित्र मन्त्रालयमा दरखास्त पेश गर्नुपर्नेछ ।

काठमाडौँ । सरकारले प्रेस काउन्सिल नेपालको रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ । 

नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले आज एक सूचना जारी गर्दै प्रतिस्पर्धात्मक प्रणालीद्वारा एकजना योग्य उम्मेदवार छनोट गर्नका लागि आवेदन माग गरेको हो ।

इच्छुक र योग्य व्यक्तिले आगामी २०८३ साल जेठ १८ गते कार्यालय समयभित्र मन्त्रालयमा दरखास्त पेश गर्नुपर्नेछ । दरखास्त फाराम, उम्मेदवारका लागि आवश्यक पर्ने योग्यता, कागजात र अन्य विस्तृत जानकारीका लागि मन्त्रालयको वेबसाइट www.mocit.gov.np मा हेर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।

council
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप