फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु
सारांश
- पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर काहुँखोलाका एक युवकको मृत्यु भएको छ।
- बेपत्ता युवकको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गर्ने क्रममा राति अचेत अवस्थामा उद्धार गरेको थियो।
- अस्पताल पुर्याएलगत्तै चिकित्सकले युवकलाई मृत घोषणा गरेका हुन्।
पोखरा । पोखराको पर्यटकीय स्थल फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ।
कास्कीको पोखरा महानगरपालिका-११ काहुँखोला निवासी करिब २७ वर्षीय रिवाज गुरुङ्गको तालमा डुबेर ज्यान गएको हो।
फेवातालमा पौडी खेल्ने क्रममा गुरुङ्ग बेपत्ता भएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण कालिका कास्कीबाट खोजी तथा उद्धारको लागि विशेष टोली परिचालन गरिएको थियो। सशस्त्र प्रहरी सहायक निरीक्षक अमृत क्षेत्रीको कमाण्डमा विशेषज्ञ गोताखोर र विपद् व्यवस्थापन टोलीसहित १३ जनाको टोली घटनास्थल पुगेको थियो।
सशस्त्र प्रहरीको गोताखोर टोलीले रातभर खोजी कार्य जारी राखेको थियो। सोही क्रममा राति गुरुङ्गलाई अचेत अवस्थामा फेवातालबाट फेला पारी उद्धार गरिएको थियो। उद्धारलगत्तै उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पठाइएको थियो।
अस्पताल पुर्याएलगत्तै चिकित्सकहरूले चेकजाँच गर्ने क्रममा उनलाई मृत घोषणा गरेका थिए। अहिले उनको शव परीक्षणका लागि अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरिल्याण्डमा ७ ए प्राइमरी निर्वाचन : नेपाली मूलका चापागाईं विजयी
-
नाबालिका बलात्कार र हत्याका अभियुक्तको इन्काउन्टरमा मृत्यु, प्रहरीको भूमिकामाथि प्रश्न
-
सीताको ‘सिलप्याक’ ग्यास सिलिन्डर खाली भेटिएपछि....
-
सचिव पुष्कर अनिवार्य अवकाशमा
-
राष्ट्र बैंक विधेयकमा डेढ दर्जन संशोधन : गभर्नरको कार्यकाल घटाउनेदेखि प्रादेशिक बैंकको प्रस्ताव
-
आन्तरिक रूपमा तयार पार्ने अनुसन्धान प्रतिवेदनहरू सार्वजनिक नगर्ने आयोगको नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण