बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

आजबाट नेपाल आइडलको दोस्रो सिजन सुरु

बिहीबार, २४ साउन २०७५, १२ : ०५
बिहीबार, २४ साउन २०७५

काठमाडौं – चर्चित टेलिभिजन रियालटी शो नेपाल आइडलको दोस्रो आज देखि सुरु हुँदैछ । शो एपिवान टेलिभिजन मार्फत आजबाट हरेक साताको बिहिबार र शुक्रबार दुइ दिन राती ८ : ३० प्रसारण हुनेछ । 
अघिल्लो सिजनकै निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी यो सिजनको पनि निर्णायकमा रहेका छन् । प्रस्तोतामा भने रीमा विश्वकर्मासँंग नयाँ अनुहार देख्न पाइने छ ।
यसको पहिलो संस्करणमा पोखराका बुद्ध लामाले जितेका थिए, भने निशान भट्टराई र प्रताप दास क्रमश दोश्रो र तेश्रो बन्न सफल भएका थिए ।
‘मन जित्छ उसले, सुमधुर गाउँछ जसले’ भन्ने नारा रहेको प्रतियोगीतामा  शिर्ष बिजेताले २० लाख नगद, एउटा कार, एल्बम सम्झौता र वल्ड टुर प्याकेज जित्न सक्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप