बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
समाचार

पोखरा महानगरको अल्टिमेटम सकिँदै, सामान सार्न चटारो, तस्बिरहरू

शुक्रबार, ०८ जेठ २०८३, ११ : ३७
शुक्रबार, ०८ जेठ २०८३

सारांश

  • पोखरा महानगरपालिकाले फिर्के खोला मिचेर निर्माण गरिएका संरचनाहरू हटाउन दिएको अल्टिमेटम भोलि सकिँदैछ ।
  • समयसीमा नजिकिएसँगै खोला आसपासका घरधनीहरूले आफ्ना सामानहरू सुरक्षित स्थानमा सार्न थालेका छन् ।
  • महानगरपालिकाले निर्धारित समयभित्र संरचना नहटाए डोजर चलाएर भत्काउने र खर्च असुल गर्ने नीति लिएको छ ।

पोखरा । पोखराको फिर्के खोला मिचेर अवैध रूपमा निर्माण गरिएका भौतिक संरचनाहरू हटाउन पोखरा महानगरपालिकाले दिएको समयसीमा भोलि जेठ ९ गते सकिँदैछ । 

pirke  (3)

महानगरको कडा चेतावनी र अन्तिम समय नजिकिएसँगै खोला आसपासका क्षेत्रमा मिचेर बनाइएका घर, टहरा र व्यावसायिक संरचनाका धनीहरूले आफ्ना सामानहरू सुरक्षित स्थानमा सार्न थालेका छन् ।

pirke  (4)

महानगरपालिकाले फिर्के खोलाको प्राकृतिक बहावलाई असर पार्ने गरी र मापदण्ड विपरीत निर्माण गरिएका सबै प्रकारका संरचनाहरू आफैँ हटाउन यसअघि नै सार्वजनिक सूचना जारी गरेको थियो । निर्धारित समयभित्र संरचना नहटाए महानगर आफैँले डोजर चलाएर भत्काउने र त्यसको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल गर्ने नीति लिएपछि स्थानीयहरू आफैँ सामान व्यवस्थापन गर्न हतारिएका देखिन्छन् ।

pirke  (5)

फिर्के खोलाको वास्तविक अवस्था पत्ता लगाउन महानगरले सर्वेक्षक वासुदेव पौडेलको संयोजकत्वमा प्राविधिक समिति गठन गरेको थियो । समितिले २०८० साउन ३ गतेदेखि भदौ २ गतेसम्म फिल्डमै खटिएर २०३२ सालको नापी नक्सालाई समेत आधार मानेर नापजाँच गरेको हो । 

pirke  (1)
पोखरा महानगरपालिकाको वडा नम्बर १८ अँधेरीकुनाबाट सुरु भई वडा नं. २, ४, ५, ७, ८, ६ हुँदै १७ नम्बर वडाको गाईघाटमा पुगेर फेवातालमा मिसिन्छ । नापजाँचका क्रममा फिर्के खोला कम्तीमा ३.३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो र ४ मिटरदेखि ९ मिटरसम्म गहिरो रहेको रिपोर्ट निकालिएको छ ।

pirke  (2)
खोलाको वास्तविक सिमाङ्कन छुट्याउन प्राविधिक टोलीले खोलाको पश्चिमतर्फ ३०३ र पूर्वतर्फ २८५ गरी जम्मा ५८८ वटा सीमा स्तम्भ पनि गाडेको छ । 

pirke  (6)pirke  (7)pirke  (8)pirke  (9)pirke  (10)pirke  (11)pirke  (12)pirke  (13)

तस्बिरहरू : अर्जुन गाहा (नेपाल फोटो लाइब्रेरी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप