बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

हिन्दी फिल्म ‘पति पत्नी और वो २’ आधा मूल्यमा हेर्ने पाइने

आइतबार, १० जेठ २०८३, २० : १२
आइतबार, १० जेठ २०८३

काठमाडौं । बलिउड फिल्म ‘पति पत्नी और वो २’ नेपाली हलमा आधा मुल्यामा हेर्न पाइने भएको छ ।

नेपाल वितरक नेओम फिल्मस्ले आइतबारबाट नेपालमा हलमा फिल्म टिकट मूल्यको आधा पैसा हेर्न मिल्ने बनाएको हो । धेरैभन्दा धेरै दर्शकले फिल्म हेर्न पाउन् र पाइरेसी पनि नहोस् भनेर फिल्म आइतबारबाट आधा मूल्यमा हेर्न मिल्ने बनाइएको नेओमी फिल्मस्का नवीन उदासले बताए । ‘फिल्म आधा पैसामा देखाउनु भनेको दर्शकलाई हलसम्म आउन प्रोत्सान गर्नु पनि हो,’ वितरक उदासले भने ।

मुदस्सर अजिजको निर्देशन रहेको फिल्म रिलिज अघि निकै चर्चामा रहन सफल भएको थियो । फिल्ममा आयुष्मान खुराना, सारा अली खान, रकुल प्रित सिंहको पनि अभिनय छ । खुराना फिल्ममा प्रयागराजको एक वन अधिकारी (फरेस्ट अफिसर)को रूपमा देखिएका छन् । फिल्ममा फिल्ममा साराको भूमिका निकै चुलबुले र रमाइलो छ । रकुल फिल्ममा आयुष्मानको प्रेमिकाको भूमिकामा देखिएकी छन् । फिल्ममा आयुष्मानको पत्नीको भूमिकामा अर्की कलाकार वामीका गब्बी पनि देखिएकी छन् । फिल्ममा विजय राज, तिग्मांशु धुलिया, शीबा चड्ढाको पनि अभिनय छ ।

‘पति पत्नी और वो २’ सन् २०१९ मा आएको फिल्म ‘पति पत्नी और वो’को सिक्वेल हो । पहिलो पटमा कार्तिक आर्यन, भूमि पेडनेकर र अनन्या पाण्डे देखिएका थिए । यसपटक निर्माताहरूले कास्टिङमा ठुलो परिवर्तन गर्दै आयुष्मान खुरानालाई मुख्य जिम्मेवारी सुम्पिएका छन् ।

फिल्मको कथामा वैवाहिक जीवनको झमेला मात्र नभई जंगली जनावर र फ्यान्टासीको एक अनौठो मिश्रण समेत छ । जेठ १ गतेबाट फिल्म नेपाल सहित विश्वभर सार्वजनिक प्रदर्शनमा आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप