‘स्ट्रेट अफ होर्मुज व्यवस्थापन गर्नु इरानको कानुनी अधिकार’
सारांश
- इरानले स्ट्रेट अफ होर्मुजको व्यवस्थापन गर्नु आफ्नो कानूनी अधिकार भएको बताएको छ ।
- इरानका सर्वोच्च नेता आयतुल्ला मोज्तबा खामेनीका सैन्य सल्लाहकार मोहसेन रेजाईले देशको राष्ट्रिय सुरक्षा सुनिश्चत गर्न स्ट्रेट अफ होर्मुजको व्यवस्थापन गर्नु इरानको कानूनी अधिकार भएको बताएका हुन् ।
- होर्मुज विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण समुद्री मार्ग हो ।
तेहरान । इरानले स्ट्रेट अफ होर्मुजको व्यवस्थापन गर्नु आफ्नो कानूनी अधिकार भएको बताएको छ ।
इरानका सर्वोच्च नेता आयतुल्ला मोज्तबा खामेनीका सैन्य सल्लाहकार मोहसेन रेजाईले देशको राष्ट्रिय सुरक्षा सुनिश्चत गर्न स्ट्रेट अफ होर्मुजको व्यवस्थापन गर्नु इरानको कानूनी अधिकार भएको बताएका हुन् ।
‘इरानद्वारा होर्मुज जलडमरूमध्यको व्यवस्थापनले फारसी खाडी क्षेत्रमा ५० वर्षदेखिको असुरक्षाको अन्त्य गरेको छ,’ रेजाईको भनाईलाई उद्धृत गर्दै इरानी सञ्चार माध्यमहरुले समाचार छापेका छन् ।
फेब्रुअरीको अन्त्यमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरे युद्ध शुरु गरेयता इरानले स्ट्रेट अफ होर्मुजलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
यसको प्रतिकारमा अमेरिकाले पनि इरानी बन्दरगाहमाथि प्रतिबन्ध लगाएका छन् । होर्मुज विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण समुद्री मार्ग हो ।
यहाँबाट विश्व बजारमा ठूलो परिमाणमा तेल ओसारपसार हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण