शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

मर्यादापालकले कांग्रेस सांसद सेन्दाङलाई बैठक कक्षबाट बाहिर निकाले

मङ्गलबार, १२ जेठ २०८३, १६ : ४१
मङ्गलबार, १२ जेठ २०८३

सारांश

  • मर्यादापालकहरूले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद गीतकुमारी सेन्दाङलाई सभामुख डोलप्रसाद अर्यालको आदेशबिना नै प्रतिनिधिसभा बैठक कक्षबाट बाहिर निकालेका छन्।
  • कांग्रेस सांसद सेन्दाङलाई प्रतिनिधिसभा बैठकको फोटो खिचेको निहुँमा मर्यादापालहरूले सभामुख अर्यालको अनुमतिबिना बाहिर निकालेका हुन्।
  • सभामुख अर्यालले सांसद सेन्दाङलाई फोटो नखिच्न कुनै रुलिङ नगरी बाहिर निकालेका हुन्।

काठमाडौँ । मर्यादापालकहरूले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद गीतकुमारी सेन्दाङलाई सभामुख डोलप्रसाद अर्यालको आदेशबिना नै प्रतिनिधिसभा बैठक कक्षबाट बाहिर निकालेका छन्।

कांग्रेस सांसद सेन्दाङलाई प्रतिनिधिसभा बैठकको फोटो खिचेको निहुँमा मर्यादापालहरूले सभामुख अर्यालको अनुमतिबिना बाहिर निकालेका हुन् । 

सांसद सेन्दाङले बाहिर निकालिएको बताइन् । बाहिर निकालेर खिचेको फेटो डिलिट गरेपछि सेन्दाङलाई मर्यादापालकहरूले भित्र छिर्न दिएका थिए । 

प्रतिनिधिसभा बैठकमा सांसदहरूले फोटो र भिडिओ खिच्न नपाउने व्यवस्था भए पनि सभामुख अर्यालको रुलिङबिना  प्रतिनिधि सभामा सांसदहरूलाई मर्यादापालकहरूले सभामुखको आदेश बेगर कुनै पनि गतिविधि गर्न पाउँदैनन्। 

तर सभामुख अर्यालले सांसद सेन्दाङलाई फोटो नखिच्न कुनै रुलिङ नगरी बाहिर निकालेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप