बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
बजेट

कर्मचारीको तलब बढ्यो

शुक्रबार, १५ जेठ २०८३, १७ : ४०
शुक्रबार, १५ जेठ २०८३

सरकारले कर्मचारीको तलब बढाएको छ । बजेट भाषणअनुसार कर्मचारीको तलब सुरु स्केलमा १० प्रतिशत तलब बढेको छ ।

 पछिल्लो ४ वर्षदेखि कर्मचारीको तलब नबढेको अवस्थामा हाल कायम रहेको महँगी भत्ता समेतलाई कायम गरेर कर्मचारीको तलब वृद्धि गरिएको अर्थमन्त्री स्वर्णिम वाग्लेले जानकारी दिए । 

सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरिएको र कार्यसम्पादनको आधारमा पारिश्रमिकको सुरुवात गर्न नयाँ तलबमानको मासिक १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था समेत गरिएको अर्थमन्त्रीले बताए । 

यसबाट हाल खाइपाइ आएको पारिश्रममा कुल करिब २१ प्रतिशत वृद्धि भई ग्रेडसहित न्युनतम तलब करिब ४० हजारदेखि रु १ लाखमाथि कायम हुने अर्थमन्त्रीले बताए । 

Capture
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप