सिद्धार्थ राजमार्गलाई द्रुतमार्ग बनाइने, अन्तर्राष्ट्रियस्तरमा रूपान्तरण गरिने
पोखरा । सरकारले मुलुकको अर्थतन्त्र र पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने सिद्धार्थ र पृथ्वी राजमार्गको स्तरोन्नतिलाई उच्च प्राथमिकतामा राखेको छ ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत सरकारले यी दुई मुख्य सडक खण्डलाई अन्तर्राष्ट्रियस्तरमा रूपान्तरण गर्ने र यातायात सहज बनाउने बताएको हो । पृथ्वी राजमार्गको आँबुखैरेनी पोखरा खण्ड निर्माण सम्पन्नको अन्तिम चरणमा पुगेको छ ।
मुग्लिनदेखि आँबुखैरेनीमा सडक स्तरोन्नति प्रक्रिया अघि बढाइएको छ ।
यता, सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पोखरा खण्डलाई अब द्रुतमार्गका रूपमा विकास गर्ने सरकारले घोषणा गरेको छ । यो सडकको स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको बनाउने र यस क्षेत्रलाई गण्डकी चतुर्भुजका रूपमा विकास गर्ने सरकारको लक्ष्य छ ।
यस्तै, कालीगण्डकी सभ्यताको उद्गम क्षेत्रलाई समेटेर तीर्थाटन र स्वच्छ उद्यम व्यवसायको केन्द्र बनाइने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जानकारी दिए । साथै सिद्धार्थ राजमार्ग अन्तर्गतको चर्चित सिद्धबाबा सुरुङमार्गको निर्माण कार्य आगामी वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण