आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपा पोखराका सभापतिमा योगेन्द्र केसी सर्वसम्मत

शनिबार, १६ जेठ २०८३, २० : ०९
शनिबार, १६ जेठ २०८३

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगर समितिको सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन भएका छन् ।

शनिबार भएको पहिलो अधिवेशनले केसीको नेतृत्वमा समिति चयन गरेको हो ।

समितिको उपसभापतिमा संगीता तिमिल्सिना गौतम चयन भएकी छन् भने सचिवमा कमल बानियाँ चयन भएका छन् । सरिता शर्मा सहसचिव निर्वाचित भइन् । 

२५ सदस्यीय महानगर समिति गठन भएको अध्यक्ष केसीले बताए । उनका अनुसार प्रदेश अधिवेसन प्रतिनिधि र महाधिवेसन प्रतिनिधि पनि सर्वसम्मत चयन भएका छन् । 

केसी कास्की २ (क) बाट प्रदेश सभा सदस्यका दाबेदार हुन् । यसअघि नै पर्वतबाट प्रतिनिधि सभा सदस्य चुनावका लागि पार्टीले टिकट दिने तयारी गरेकोमा उनी आफैले प्रदेशमा चुनाव लड्ने भन्दै उक्त टिकट अस्वीकार गरेका थिए । 

उनलाई आगामी निर्वाचनपछि गण्डकीको मुख्यमन्त्रीको दाबेदारका रूपमा समेत हेरिएको छ । यसअघि उनी प्रदेश समितिमा थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप