पेनाल्टी सुटआउटमा आर्सनललाई पराजित गर्दै पिएसजी विजयी
सारांश
- युइएफए च्याम्पियन्स लिगको फाइनल खेलमा पेरिस सेन्ट-जर्मेन (पिएसजी)ले आर्सनललाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ ।
- खेलको निर्धारित तथा अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।
- पेनाल्टी सुटआउटमा पिएसजी ४-३ ले विजयी भयो ।
काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको फाइनल खेलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले आर्सनललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको छ ।
शनिबार राति भएको फाइनल खेलको निर्धारित तथा अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो, जसमा पिएसजी ४–३ ले विजयी भयो ।
यो जितसँगै पिएसजीले आफ्नो इतिहासमा दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि उचालेको छ ।
खेलमा सुरुवाती अग्रता आर्सनलले लिएको थियो । खेल सुरु भएको पाँचौँ मिनेटमै काइ हाभर्ट्जले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ६४औँ मिनेटमा पिएसजीले पेनाल्टीको अवसर पायो । उक्त पेनाल्टीलाई उसमान डेम्बेलेले गोलमा परिणत गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि निर्धारित र अतिरिक्त समयमा थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जहाँ पिएसजीले बाजी मार्यो ।
गत सिजनको च्याम्पियन्स लिग जित प्रतियोगिताको इतिहासमा पिएसजीको पहिलो उपाधि थियो । यस पटकको जितसँगै पिएसजीले लगातार दोस्रो पटक यो ट्रफी आफ्नो पोल्टामा पारेको छ । यसअघि उनीहरू सन् २०१९ को फाइनलमा पुगे पनि बायर्न म्युनिखसँग १–० ले पराजित भएका थिए । गत सिजन इन्टर मिलानलाई हराउँदै उनीहरू यो ट्रफी उचाल्ने दोस्रो फ्रान्सेली टोली बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण