एसइईमा उत्कृष्ट नतिजा ल्याउने पनेरुलाई एक लाख पुरस्कार
सारांश
- युनिक पनेरुलाई एसइईमा उत्कृष्ट नतिजा ल्याएबापत एक लाख पुरस्कार दिइएको छ।
- बारपाक सुलिकोट गाउँपालिकाले विद्यार्थी र शिक्षकलाई प्रोत्साहन गर्न यो कार्यक्रम सुरु गरेको हो।
- अन्य विद्यार्थी र शिक्षकहरूलाई पनि विभिन्न श्रेणीमा पुरस्कृत र सम्मान गरिएको छ।
गोरखा । यस वर्षको एसइईमा फोर (चार) जिपिए ल्याएर उत्तीर्ण गरेका युनिक पनेरुलाई बारपाक सुलिकोट गाउँपालिकाले पुरस्कारस्वरुप रु एक लाख तथा सम्मानपत्र प्रदान गरेको छ । गाउँपालिकाको अघिल्लो वर्षदेखि लागू भएको सो कार्यक्रमअनुसार गणतन्त्र दिवसको अवसर पारेर आयोजित कार्यक्रममा पनेरुलाई सम्मान गरिएको हो ।
“एसइईमा चार जिपिए ल्याउने विद्यार्थीलाई रु एक लाख पुरस्कार दिने गाउँपालिकाले गत वर्ष घोषणा गरेको थियो”, गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले भने, “त्यही कार्यक्रमअन्तर्गत हाम्रो शैलपुत्री माविबाट एसइई दिएर चार जिपिए ल्याएर उत्तीर्ण गरेका पनेरुलाई आज आयोजित अस्पताल उद्घाटन तथा पुरस्कार, वितरण कार्यक्रममा पुरस्कार दिइएको हो ।”
गाउँपालिकाले ३.४ देखि ३.५९ जीपीए ल्याउने सात जनालाई रु १० हजार तथा ३.६० जीपीए ल्याउने एक जनालाई रु १५ हजारका दरले प्रदान गरेको अध्यक्ष भट्टले बताए । कक्षा १२ का १०, कक्षा १० का नौ, कक्षा ८ का सात र कक्षा ५ का ६ जना विषयगत उत्कृष्ट शिक्षकलाई पनि रु पाँच–पाँच हजार नगदसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण