शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
संसद् बैठक

संसद्लाई बालेनको सर्प्राइज, तस्बिरहरू

आइतबार, १७ जेठ २०८३, १३ : ५४
आइतबार, १७ जेठ २०८३

सारांश

  • प्रधानमन्त्री बालेन शाह आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन उपस्थित भएका छन् ।
  • लामो समयदेखि विपक्षी दलले प्रधानमन्त्रीले सदनमा उपस्थित भएर उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग उठाएपछि प्रधानमन्त्री एकाएक सदनमा उपस्थित हुँदै सबै सांसदलाई सर्प्राइज दिए ।
  • एकाएक बालेनले सांसदहरूसँग प्रश्न माग गरे पनि सांसदहरू अलमलमा समेत परेका थिए ।

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन उपस्थित भएका छन् । 

लामो समयदेखि विपक्षी दलहरूले प्रधानमन्त्रीले सदनमा उपस्थित भएर उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग उठाएपछि प्रधानमन्त्री एकाएक सदनमा उपस्थित हुँदै सबै सांसदलाई सर्प्राइज दिए। 

संसद् सुरु हुनासाथ प्रधानमन्त्रीले आफ्नो आसनबाट उठेर आफूले बोल्न चाहेको भन्दै समय माग गरेका थिए । लगत्तै सभामुख डाेलप्रसाद अर्यालले रोस्ट्रम प्रयोग गर्न अनुमति दिएका थिए। एकाएक बालेनले सांसदहरूसँग प्रश्न माग गरे पछि सांसदहरू अलमलमा समेत परेका थिए।

तर, पछि सबै दलको तर्फबाट प्रधानमन्त्रीलाई प्रश्न सोधिएको थियो। 

Parliament_-1278Parliament_-1279Parliament_-1280Parliament_-1281Parliament_-1282Parliament_-1283Parliament_-1284Parliament_-1285Parliament_-1286Parliament_-1287

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप