शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते

सोमबार, १८ जेठ २०८३, ०९ : ४२
सोमबार, १८ जेठ २०८३

सारांश

  • बाजुराको बडीमालिका नगरपालिका २ भौनेरामा सोमबार बिहान ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्।
  • से २ त ३६४८ नम्बरको ट्याक्टरको ब्रेक फेल भई दुर्घटना भएको हो।
  • घाइते चालक दीपेन्द्र चौधरीको ढाड र खुट्टामा चोट लागेको छ र उनको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ।

धनगढी । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्। बडीमालिका नगरपालिका २ भौनेरामा सोमबार बिहान ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार मार्तडी गौमुल पक्की सडकखण्ड अन्तर्गत भौनेरा क्षेत्रमा गुडिरहेको से २ त ३६४८ नम्बरको ट्याक्टरको ब्रेक फेल भई दुर्घटना भएको हो।

दुर्घटनामा ट्याक्टर चालक कैलालीको गोदावरी नगरपालिका स्थायी घर भएका २२ वर्षीय दीपेन्द्र चौधरी घाइते भएका छन्। उनको ढाड र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। घाइते चौधरीको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ। 

उनको अवस्था र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप