प्रधानमन्त्रीकाे राजीनामा माग्दै एमालेकाे विराेध प्रदर्शन, तस्बिरहरू
सारांश
- प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै नेकपा एमालेले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ।
- एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको शिर निहुराएको भन्दै उक्त अभिव्यक्ति सच्याउन र राजीनामा दिन माग गरेको छ।
- एमाले नेता आनन्द प्रसाद पोखरेलले प्रधानमन्त्रीलाई आफ्नो सीमाबारे जानकारी नभएको र संविधानमा उल्लेखित नक्सालाई चुनौती दिएको बताए।
काठमाडौँ । नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै नेकपा एमालेले साेमबार काठमाडौँमा विरोध प्रदर्शन गरेको छ।
प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिले देश र जनताको शिर निहुरिएकाले उक्त अभिव्यक्ति सच्चाउन माग गर्दै एमाले काठमाडौँ जिल्ला कमिटीले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।
उनीहरुले सार्वभौम सदनबाट राष्ट्र विरोधी अभिव्यक्ति बन्द गर, राष्ट्रियता हराएको मान्छे मुर्दावाद, नेपालको सीमा रक्षा गर लगायतका नारा लगाएका थिए । साथै उनीहरुले प्रधानमन्त्रीले राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै राजीनामाको समेत माग गरेका छन्।
नेकपा एमालेका नेता आनन्द प्रसाद पोखरेलले नेपालले भारतीय भूमि कतै पनि नमिचेको भन्दै प्रधानमन्त्रीलाई आफ्नै सीमाका बारेमा जानकारी नभएको बताए। उनले प्रधानमन्त्रीले संविधानमा नै उल्लेख नेपालको चुच्चे नक्सालाई नै चुनौती हुने गरी बोलेको उल्लेख गरे।
उनीहरुले प्रधानमन्त्रीको अभिव्यक्ति नसच्चिएसम्म आफूहरूको आन्दोलन जारी रहने चेतावनी दिएका छन्।
_XnXtAgGeK6.jpg)
_NMxMChV8DN.jpg)
_C2FeM7Lmd8.jpg)
_vpA2GEh1wr.jpg)
_iSS72TLmqr.jpg)
_eRYzKKwPZa.jpg)
_DlYzKQCRYa.jpg)
_7l6LhM1Rps.jpg)
_MivQ5wX0AR.jpg)
_Fn1zaE2lfE.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण