पोखरा विश्वविद्यालयमा सुपरकप फुटबल हुने, विजेतालाई १ लाख १५ हजार
पोखरा । पोखरा विश्वविद्यालयमा सुपरकप फुटबल हुने भएको छ। विश्वविद्यालय अन्तर्गतकै फुटबल क्लबले जेठ २९ गतेदेखि असार ५ गतेसम्म तेस्रो संस्करणको प्रतियोगिता आयोजना गर्न लागेको हो ।
लेखनाथको भण्डारढिक खेल मैदानमा हुने उक्त प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।
नेपालभरका विश्वविद्यालयस्तरीय कलेजहरूलाई खेलकुदको माध्यमबाट जोड्ने र विद्यार्थीहरूमा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष बिमान प्रधानले जानकारी दिए।
उनका अनुसार प्रतियोगितामा पहिलो हुने टोलीले नगद १ लाख १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।त्यसैगरी उपविजेताले नगद ७० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।
उत्कृष्ट खेलाडीलाई ३ हजार ३ सय ३३, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलकिपर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीलाई जनही २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
क्वार्टरफाइनलदेखिका प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित खेलाडीलाई १ हजार रुपैयाँसहित ट्रफी र गिफ्ट ह्याम्पर दिइने आयोजकले जनाएको छ । स्नातक र स्नातकोत्तर तहका कक्षा सञ्चालन गरिरहेका देशभरका कलेजहरूले प्रतियोगितामा भाग सहभागिता जनाउन पाउने छन् ।
टिम दर्ताका लागि २५ हजार रुपैयाँ प्रवेश शुल्क र ५ हजार रुपैयाँ कार्ड डिपोजिट तोकिएको छ। सहभागिताका लागि जेठ २७ गतेभित्र आवेदन फारम बुझाउनुपर्ने अध्यक्ष प्रधानले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण