वैदेशिक रोजगार व्यवसायी सङ्घको कार्यसमिति स्वतः विघटन, विशेष साधारण सभा बोलाउन निर्देशन
काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको वर्तमान कार्यसमिति स्वतः विघटन भएको छ । कार्यसमितिका दुई तिहाइ पदाधिकारीले राजीनामा दिएसँगै सङ्घका अध्यक्ष भुवन गुरुङ नेतृत्वको सम्पूर्ण कार्यसमिति पदमुक्त भएको हो।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सङ्घलाई साेमबार पत्र पठाउँदै विधानको व्यवस्थाबमोजिम वर्तमान कार्यसमिति स्वतः विघटन भएको आधिकारिक पुष्टि गरेको छ ।
गत वैशाख १५ गते सङ्घको प्रचलित विधानबमोजिम कार्यसमितिका बहुमत पदाधिकारीहरूले जिल्ला प्रशासन कार्यालयमा राजीनामा बुझाएका थिए । सङ्घको विधानको दफा २ (९) मा भएको पदाधिकारी सम्बन्धी व्याख्याअनुसार राजीनामा दिने पदाधिकारीहरूको सङ्ख्या दुई तिहाइ पुगेको देखिएकाले विधानको दफा २६ को ४ (ख) को व्यवस्थाबमोजिम वर्तमान कार्यसमिति स्वतः विघटन भएको प्रशासनको पत्रमा उल्लेख छ ।
कार्यसमिति विघटन भएसँगै सङ्घको सल्लाहकार समितिले विधानको दफा २६ को ४ (ख) बमोजिम गठन गरेको प्रबन्ध समितिलाई जिल्ला प्रशासन कार्यालयले वैधता दिएको छ । प्रशासनले उक्त प्रबन्ध समितिलाई सङ्घको विशेष साधारण सभा आह्वान गरी विधान कार्यान्वयनको प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।
प्रशासकीय अधिकृत तीर्थराज कटेलद्वारा हस्ताक्षरित पत्रमा प्रबन्ध समितिले गर्ने कार्यहरू, निर्णयहरू र यससँग सम्बद्ध विषयमा कार्यालयलाई नियमित रूपमा लिखित जानकारी गराउन भनिएको छ ।
बाधा व्यवधान नगर्न निर्देशन
जिल्ला प्रशासन कार्यालयले सङ्घको आगामी प्रक्रियालाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनसमेत निर्देशन दिएको छ। विधान र प्रचलित कानुनबमोजिम हुने कार्यमा कुनै पनि पक्षले बाधा व्यवधान सिर्जना नगर्न सचेत गराइएको छ।
कसैले निर्देशन विपरीत कार्य गरी अवरोध सिर्जना गरेमा तत्काल प्रशासनलाई जानकारी दिन आग्रह गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण