मादीमा चार ‘लेन’ पुल निर्माण तीव्र गतिमा
सोमबार, १८ जेठ २०८३, २२ : ५८
सारांश
- मादीमा निर्माणाधीन चार लेनको पुलको पूर्वाधार विकास मन्त्रीले निरीक्षण गर्नुभयो ।
- पुलको ८४ प्रतिशत भौतिक प्रगति भएको छ र यसलाई समयमै सम्पन्न गर्न निर्देशन दिइएको छ ।
- मन्त्रीले मुग्लिन-पोखरा सडकखण्डका अन्य खण्डको पनि निरीक्षण गर्नुभयो ।
काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मादीमा निर्माणाधीन चार लेनको पुलको आज निरीक्षण गरेका छन् ।
निरीक्षणपछि मन्त्री लम्सालले निर्धारित समयमा निर्माण पूरा गर्न निर्माता कम्पनीलाई निर्देशन दिए । पुलको भौतिक प्रगति ८४ प्रतिशत भएको छ ।
तीन सय १५ मिटर लामो पुलमा छ वटा स्पान हुनेछन् । पुल निर्माणको ठेक्का रु एक अर्ब २१ करोडमा दिइएको हो ।
मन्त्री लम्सालले आजै मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत पूर्वी र पश्चिमी खण्डको समेत निरीक्षण गरेको मुग्लिन–पोखरा सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण