प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न नदिने कांग्रेसको चेतावनी
सारांश
- कांग्रेसले प्रधानमन्त्री बालेन्द्र साहले 'नेपालले भारतको धेरै ठाउँ मिचेको छ' भन्ने अभिव्यक्तिबारे माफी नमागेसम्म संसद बैठक चल्न नदिने चेतावनी दिएको छ।
- सचेतक पदमबहादुर परियारले प्रधानमन्त्रीको अभिव्यक्तिलाई आपत्तिजनक, निन्दनीय र राष्ट्रघाती भन्दै कुटनीति र राजनीति सम्बन्धी सामान्य ज्ञान नभएको आरोप लगाएका छन्।
- कांग्रेसले प्रधानमन्त्रीले भारतीय भूमि मिचेको प्रमाणसहित जवाफ दिनुपर्ने वा गल्ती स्वीकार गरी माफी माग्नुपर्ने माग गरेको छ।
काठमाडौँ। नेपाली कांग्रेसका राष्ट्रिय सभाका सचेतक पदमबहादुर परियारले प्रधानमन्त्री बालेन्द्र साहले ‘नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ’ भनी दिएको अभिव्यक्तिबारे माफी नमागेसम्म संसद बैठक चल्न नदिने चेतावनी दिएका छन्।
मंगलबार राष्ट्रिय सभा बैठक सुरु हुनासाथ विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति घोर आपत्तिजनक र निन्दनीय रहेको बताए। उनले प्रधानमन्त्री साहले संसदमा आएर माफी नमागेसम्म बैठक अगाडि बढाउन नदिने प्रष्ट पारेका हुन्।
सचेतक परियारले प्रधानमन्त्री साहको कुटनीति र राजनीति सम्बन्धी सामान्य ज्ञान समेत नभएको कुरा यो अभिव्यक्तिले छताछुल्ल पारेको जिकिर गरे। प्रधानमन्त्रीको यस्तो गैरजिम्मेवारपूर्ण र गन्तव्यहीन विचार कांग्रेसका लागि कुनै पनि हालतमा स्वीकार्य नहुने अडान उनले दोहोर्याए।
उनले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित नेपालको करिब ३७२ वर्ग किलोमिटर भूभाग भारतद्वारा अतिक्रमण भएको कुरा सबैलाई थाहा भएको अवस्थामा सरकार प्रमुखकै तर्फबाट नेपालले भारतीय भूमि मिचेको भनी स्वीकारोक्ति आउनु राष्ट्रघाती भएको आरोप लगाए।
यसैगरी, प्रधानमन्त्रीले सीमा समस्याबारे बेलायतसँग कुरा भइरहेको भनी गरेको दाबी अझ बढी हास्यास्पद र संवेदनशील रहेको परियारले बताए। उनले यो भनाइ सरकारको आधिकारिक धारणा हो कि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मात्र हो भन्दै प्रश्न गरे।
संसद्मा बोल्दै उनले भने, ‘प्रधानमन्त्रीको भनाई अक्ष्यम्य छ । आपत्तिजनक छ । र, घोर निन्दनीय पनि छ । यसले उहाँको कमजोर राजनीतिक चेतलाई पनि छताछुल्ल पारेको छ । त्यतिमात्रै होइन, सीमा सम्बन्धि गन्तव्यहिन विचारहरु जसरी सरकार प्रमुखको तर्फबाट राखिएको छ । यो नेपाली काँग्रेसका लागि स्विकार्य छैन ।’
सचेतक परियारले रास्वपाका सभापति रवि लामिछानेको हालै भएको भारत भ्रमणप्रति पनि आक्रोश व्यक्त गरे। लामिछानेले भारत भ्रमणका क्रममा दुई मुलुकबीचको बहुआयामिक सम्बन्धको महत्त्वलाई अनुशरण गर्न नसकेको उनको आरोप छ।
भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार नेपाल र भारतको ऐतिहासिक सम्बन्धलाई एउटा सामान्य विकासको मोडेलको रूपमा मात्रै व्याख्या गरेर सभापति लामिछानेले असाध्यै साँघुरो घेराबाट कुरा राखेको भन्दै उनले कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताए।
कांग्रेसले संसद्मा स्पष्ट माग राख्दै प्रधानमन्त्री साहले कि त कुन ठाउँमा र कति स्क्वायर मिटर भारतीय भूमि नेपालले मिचेको हो त्यसको तथ्य र प्रमाणसहित जवाफ दिनुपर्ने, नत्र विना संकोच आफ्नो गल्ती स्वीकार गर्नुपर्ने अडान लिएको छ। परियारले प्रधानमन्त्रीको आफ्नै थलो संसद भएकाले उनले विना संकोच ‘मैले तथ्यभन्दा बाहिर र आवेशमा आएर बोलेँ, आईएम सरी’ भन्न सक्ने हिम्मत राख्नुपर्ने बताए।
यदि प्रधानमन्त्रीले संसद्मा आएर माफी नमागे नेपाली कांग्रेसलगायत विपक्षी दलहरूले यथास्थितिमा सदनको कारबाही अगाडि बढाउन नदिने उनले स्पष्ट पारे। विना प्रमाण सीमा जस्तो संवेदनशील विषयमा सरकार प्रमुखलाई जथाभाबी बोल्ने छुट नभएको उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण