शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
संसद् बैठक

हर्क साम्पाङको प्रश्न : प्रधानमन्त्रीले संसद्‌मा हाजिर गर्नुभएको छ कि छैन ?

मङ्गलबार, १९ जेठ २०८३, १५ : ३०
मङ्गलबार, १९ जेठ २०८३

सारांश

  • श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति सच्चाउन माग गरेका छन्।
  • साम्पाङले देशको सिमाना र सार्वभौम सत्ता जोगाउन सबै सांसदको एउटै माग हुनुपर्ने बताएका छन्।
  • उनले प्रधानमन्त्रीले संसदमा हाजिर नगरेको खण्डमा सदस्य नमानिने र प्रधानमन्त्री हुन नमिल्ने दाबी गरेका छन्।

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले सीमा सम्बन्धी प्रधानमन्त्रीले संसद्‌मा बोलेको अभिव्यक्ति सच्चाउन माग गरेका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसद साम्पाङले यस्तो माग गरेका हुन् । 

साथै उनले देशको सिमाना र सार्वभौम सत्ता जोगाउन सबै सांसदको एउटै माग हुन जरुरी रहेको भन्दै प्रधानमन्त्रीको संसद्‌मा हाजिरी छ कि छैन ? भन्ने जानकारी गराउन माग गरे । ‘प्रधानमन्त्रीले १७ गते राखेको अभिव्यक्ति अविलम्ब सच्चाउनुपर्छ र यहाँ प्रम उपस्थित हुनुपर्छ’, उनले भने,'प्रतिनिधि सभा नियमावलीको ४ मा सदस्यहरूले हाजिर गर्नुपर्छ भनिएको छ तर प्रधानमन्त्रीले हाजिर गर्नुभएको छ कि छैन, अभिलेख हेर्नुपर्छ ।’ 

उनले प्रधानमन्त्रीले हाजिर नगरेको हो भने सदस्य नमानिने र त्यस्तो व्यक्ति प्रधानमन्त्री हुन नमिल्ने बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप