बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

नेपाल र भारतबिच स्टार्टअप सहकार्य बलियो बनाउँदै ‘इन–स्प्यान’ कार्यक्रम, २५ वटा स्टार्टअप सहभागी

मङ्गलबार, १९ जेठ २०८३, १५ : ५९
मङ्गलबार, १९ जेठ २०८३

सारांश

  • नेपालस्थित भारतीय राजदूतावासले २५ वटा स्टार्टअपहरू सम्मिलित 'इन–स्प्यान' कार्यक्रमको दोस्रो कोहर्ट सुरु गरेको छ।
  • यो कार्यक्रम आगामी ८ हप्तासम्म सञ्चालन हुनेछ जसमा सहभागी स्टार्टअपहरूले उद्यमशीलता प्रशिक्षण, एआई सीप विकास, पिचिङ, नेटवर्किङ र इन्टर्नसिपमा सहभागिता जनाउनेछन्।
  • कार्यक्रमले नेपाल र भारतबीचको स्टार्टअप इकोसिस्टमलाई जोड्ने विश्वास राजदूतावासले व्यक्त गरेको छ।

काठमाडौँ । नेपालस्थित भारतीय राजदूतावासले २५ वटा स्टार्टअपहरू सम्मिलित इन्डिया नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्क ’इन–स्प्यान’ कार्यक्रमको दोस्रो कोहर्ट सुरु भएको घोषणा गरेको छ।  यस कार्यक्रममा विभिन्न विधाका स्टार्टअपहरूको सहभागिता रहेको छ । 

सहभागी स्टार्टअपहरू विशेष गरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई), बायोटेक, क्लिनटेक, फिनटेक, हेल्थटेक, एग्रिटेक, ई–कमर्स, मोबिलिटी, म्यान्युफ्याक्चरिङ्ग र कन्स्ट्रक्सन टेक, एफएमसीजी, एरोस्पेस, आईओटी र सास जस्ता आधुनिक तथा प्रविधिजन्य क्षेत्रसँग सम्बन्धित छन् ।

यस कार्यक्रमको उद्घाटन समारोह आईआईटीएम प्रबर्तक टेक्नोलोजीज फाउन्डेसनमा आयोजना गरिएको थियो। उक्त उद्घाटन समारोहमा आईआईटी मद्रासका प्राज्ञिक व्यक्तित्वहरू र आईआईटीएम प्रबर्तक टेक्नोलोजीज फाउन्डेसनका सीईओ एम जे शंकर रमणको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा भर्चुअल माध्यमबाट जोडिएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सम्बोधन गर्दै यस विविध विधा समेटिएको समूहको प्रशंसा गरे । उनले सहभागीहरूलाई स्टार्टअप इकोसिस्टमसँग सहकार्य गर्न र यस अवसरको भरपुर फाइदा उठाउन प्रोत्साहन समेत गरे ।

यो कार्यक्रम आगामी ८ हप्तासम्म सञ्चालन हुनेछ। यस अवधिमा सहभागी २५ वटा स्टार्टअपहरूले एक कठोर उद्यमशीलता प्रशिक्षण कार्यक्रममा भाग लिनेछन्। यसका साथै उनीहरूले एआई सीप विकास, लगानीका लागि प्रस्ताव (पिचिङ) गर्ने तरिका, तथा आफ्ना सम्बन्धित क्षेत्रका भारतीय स्टार्टअपहरूसँग नेटवर्किङ र इन्टर्नसिपमा समेत सहभागिता जनाउने अवसर पाउनेछन्। 

भारतीय राजदूतावासले यस कार्यक्रममार्फत दुई देशका स्टार्टअप इकोसिस्टमलाई जोड्ने विश्वास व्यक्त गर्दै सहभागीहरूको सफलताको लागि शुभकामना समेत व्यक्त गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप