अन्तरजातीय विवाह गर्ने जोडीलाई गण्डकी सरकारले सुरक्षा दिने
सारांश
- गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम मार्फत अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ ।
- सरकारले परिवार र समाजबाट अपहेलित बनेका अन्तरजातीय विवाह गर्ने जोडीहरूलाई आवश्यक सुरक्षा, सहयोग र पुनःस्थापनाको व्यवस्था गर्नेछ ।
- यसका साथै, दलित समुदायको अधिकार, सशक्तीकरण, शिक्षा, सीप, रोजगारी, उद्यमशीलता र नेतृत्व विकासका लागि विशेष प्राथमिकताका साथ कार्यक्रमहरू घोषणा गरिएको छ ।
पोखरा । गण्डकी प्रदेश सरकारले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम मार्फत सरकारले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्दै परिवार र समाजबाट अपहेलित बनेका जोडीहरूलाई आवश्यक सुरक्षा, सहयोग र पुनःस्थापनाको व्यवस्था गर्ने जनाएको छ ।
सरकारले दलित समुदायको अधिकार तथा सशक्तीकरणका लागि विशेष प्राथमिकताका साथ कार्यक्रमहरू घोषणा गरेको छ । सामाजिक न्याय र समानताको नीतिलाई आत्मसात गर्दै राज्यले दलित समुदायको शिक्षा, सीप, रोजगारी, उद्यमशीलता र नेतृत्व विकासका लागि लक्षित कार्यक्रम ल्याउने प्रदेश प्रमुख डिल्लीराज भट्टले जनाए ।
यस्तै, दलित समुदायको परम्परागत ज्ञान, सीप, कला, पेसा र व्यवसायलाई आधुनिक र यान्त्रिकीकरण गरिने सरकारले जनाएको छ । दलित समुदायको शिक्षा र आर्थिक विकासमा जोड दिँदै समाजमा जरा गाडेर बसेको जातीय विभेद तथा छुवाछूत प्रथाको अन्त्य गर्न शून्य सहनशीलताको नीति अवलम्बन गर्ने भट्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा आङदेम्बेद्वारा दुःख व्यक्त
-
सिनामङ्गल क्षेत्रबाट साढे तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन
-
बागमतीका मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन
-
तेस्रो विवाहलाई ‘लभ जिहाद’ भन्दै आमिर खानलाई लरेन्स ग्याङको ज्यान मार्ने धम्की
-
फिल्म ‘हली’को नयाँ गीत सार्वजनिक
-
माझखण्डको महारुद्रेश्वर र साउने सन्देश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण