बालकुमारी पुल नजिकै सिक्री थुतेर भाग्ने युवक प्रहरी नियन्त्रणमा
काठमाडौँ । काठमाडौँको बालकुमारी पुल नजिकैबाट पैदलयात्री महिलाको चाँदीको सिक्री थुतेर भाग्ने एक युवकलाई प्रहरीले सामानसहित पक्राउ गरेको छ।
काठमाडौँ महानगरपालिका-३२ बालकुमारी पुल नजिकैको सडक खण्डमा पैदल हिँडिरहेकी महिलाले घाँटीमा लगाएको चाँदीको सिक्री तानेर भाग्दै गरेको अवस्थामा ती युवक पक्राउ परेका हुन्।
सडकमा महिलाको सिक्री थुतेर भागेको सूचना प्राप्त हुनसाथ प्रहरी प्रभाग कोटेश्वरबाट तत्काल खटिएको प्रहरी टोलीले मुगुको छायाँनाथ रारा नगरपालिका-२ घर भई हाल काठमाडौँ महानगरपालिका-३२ कोटेश्वर बस्ने २३ वर्षीय रेलिन भण्डारीलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनको साथबाट लुटिएको १७.८ ग्राम तौल भएको चाँदीको सिक्री समेत बरामद गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार घटना मंगलबार बिहानको समयमा भएको हो। पक्राउ परेका भण्डारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण