शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मुसा जडान गरिएको अन्डरवेयरको चर्चा, सामाजिक सञ्जालमा भाइरल

बुधबार, २० जेठ २०८३, १५ : ५८
बुधबार, २० जेठ २०८३

सारांश

  • अस्ट्रेलियाली डिजाइनरले ट्याक्सिडर्मी मुसा प्रयोग गरेर बनाएको 'लिङ्जर्याट' नामक अन्डरवेयर सामाजिक सञ्जालमा भाइरल भएको छ ।
  • यो उत्पादन प्रयोगात्मक फेसन र कलात्मक अभिव्यक्तिको उदाहरण भन्दै मिश्रित प्रतिक्रिया पाएको छ ।
  • दैनिक प्रयोगका लागि नभई कलात्मक सिर्जनाका रूपमा तयार गरिएको यस अन्डरवेयरको मूल्य करिब १९० अस्ट्रेलियन डलर छ ।

एजेन्सी । अस्ट्रेलियाकी एक डिजाइनरले ट्याक्सिडर्मी (संरक्षित) मुसा प्रयोग गरेर तयार पारेको अनौठो अन्डरवेयर सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा व्यापक चर्चा र विवाद सुरु भएको छ ।

‘र्‍याट ओडिटी गिजार्ड’ नामक ब्रान्डमार्फत तयार पारिएको उक्त अन्डरवेयरलाई ‘लिङ्जर्‍याट’ नाम दिइएको छ । डिजाइनरले इन्स्टाग्राममा यसको तस्बिर सार्वजनिक गरेपछि यो उत्पादन विश्वभर चर्चाको विषय बनेको हो ।

ब्रान्डले लामो समयदेखि संरक्षित मुसा प्रयोग गरेर विभिन्न कलात्मक सामग्री निर्माण गर्दै आएको बताइन्छ । तर यसपटक अन्डरवेयरमै प्रत्यक्ष रूपमा मुसा जडान गरिएको डिजाइन सार्वजनिक भएपछि मिश्रित प्रतिक्रिया देखिएको छ ।

केहीले यसलाई प्रयोगात्मक फेसन र कलात्मक अभिव्यक्तिको उदाहरणका रूपमा लिएका छन् भने धेरैले यसलाई अस्वाभाविक र अस्वीकार्य भन्दै आलोचना गरेका छन् ।

उक्त अन्डरवेयर दैनिक प्रयोगका लागि नभई कलात्मक सिर्जनाका रूपमा तयार गरिएको जनाइएको छ । यसको मूल्य करिब १९० अस्ट्रेलियाली डलर (झण्डै १३७ अमेरिकी डलर) राखिएको छ । कम्पनीले अन्तर्राष्ट्रिय ढुवानी सेवा समेत उपलब्ध गराएको जनाएको छ ।

विवाद र आलोचनाबीच पनि यो अनौठो डिजाइनले सामाजिक सञ्जालमा ठूलो ध्यान तानेको छ भने ब्रान्डलाई व्यापक प्रचारसमेत दिलाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप