रिलमा एकसाथ रियल प्रेमी आयुष्मान र प्रियंका
आइतबार, २७ साउन २०७५, १३ : ३७
काठमाडौं – रियलका पनि प्रेमी आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की रिलमा समेत प्रेमी पे्रमिकाको रुपमा देखिएका छन् । ‘मैच्याङ’ बोल रहेको गीतको भिडियोमा यी दुबै रोमान्टिक रुपमा देखिएका हुन् ।
गीतमा मुरारी गुरागाईँ र अञ्जु पन्तको स्वर, दीपक भट्टराईको संगीत र होम न्यौपानेको शब्द छ । गीतमा गोपाल रसाइलीको एरेञ्ज र प्रकाश केसीको मिक्स÷मास्टरिङ छ । डान्सिङ नम्बरको गीतमा आयुष्मान र प्रियंकाको जोडीले दिल खोलेर नाँचेका छन् । गीतलाई गायक गुरागाईँकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
निकेश खड्काको निर्देशन रहेको भिडियोमा मैच्याङ बनेकी प्रियंकालाई फकाउन आयुष्मानले गरेको संघर्ष छ ।
प्रियंका र आयुष्मानले केही दिन पहिले इन्गेजमेन्ट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ
-
मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन
-
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
मेसीको दोस्रो गोल, अर्जेन्टिना जिततर्फ उन्मुख
-
‘मन्त्रालय गाभ्नु राम्रो हो, अब असारे विकास प्रवृत्ति हटाउनुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण