शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रदर्शन

प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

शुक्रबार, २२ जेठ २०८३, ११ : २१
शुक्रबार, २२ जेठ २०८३

सारांश

  • नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेको छ ।
  • त्रिचन्द्र क्याम्पस परिसरमा भेला भएका नेविसंघ आबद्ध विद्यार्थीहरूले प्रधानमन्त्री शाहविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
  • सीमा विवादको विषयमा दिएको अभिव्यक्तिको विरोधमा विद्यार्थीहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् ।

काठमाडौँ । सङ्घीय संसद्मा सीमा विवादको विषयलाई लिएर दिएको अभिव्यक्तिको कडा विरोध गर्दै नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेको छ । 

राजधानीको त्रिचन्द्र क्याम्पस परिसरमा भेला भएका नेविसंघ आबद्ध विद्यार्थीहरूले प्रधानमन्त्री शाहविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

NEBISANGH protest at Trichandra_NPL (1)

देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जस्तो अत्यन्त संवेदनशील विषयमा प्रधानमन्त्रीले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् । प्रदर्शनमा सहभागी विद्यार्थीहरूले प्रधानमन्त्री शाहको अभिव्यक्तिको निन्दा गर्दै तत्काल पदबाट राजीनामा दिनुपर्ने माग राखेका छन् ।

NEBISANGH protest at Trichandra_NPL (2)

त्रिचन्द्र क्याम्पसबाट सुरु भएको विरोध प्रदर्शनमा विद्यार्थीहरूले सरकार र प्रधानमन्त्रीविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए । सीमा जस्तो गम्भीर राष्ट्रिय मुद्दामा सरकार प्रमुखबाटै आएको यस्तो हल्का भनाइले आम नेपाली नागरिकको भावनामा चोट पुगेको प्रदर्शनकारी विद्यार्थीहरूको दाबी छ ।

NEBISANGH protest at Trichandra_NPL (3)NEBISANGH protest at Trichandra_NPL (4)NEBISANGH protest at Trichandra_NPL (5)NEBISANGH protest at Trichandra_NPL (6)NEBISANGH protest at Trichandra_NPL (7)NEBISANGH protest at Trichandra_NPL (8)NEBISANGH protest at Trichandra_NPL (9)NEBISANGH protest at Trichandra_NPL (10)NEBISANGH protest at Trichandra_NPL (11)NEBISANGH protest at Trichandra_NPL (12)

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप