सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ ।
- छानबिन समितिका संयोजक अच्युतम प्रसाद भण्डारीले थपिएको म्याद अगावै ४५ पेजको प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएका हुन् ।
- समितिले प्रतिवेदन जस्ताको तस्तै जतिसक्दो चाँडो सार्वजनिक गर्न आग्रह गरेको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । छानबिन समितिका संयोजक पूर्वन्यायाधीश अच्युतम प्रसाद भण्डारीले थपिएको समय अगावै छानबिन प्रतिवेदन शुक्रबार सरकारलाई बुझाएको बताए ।
‘प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई ४५ पेजको प्रतिवेदन बुझाएका छौँ, प्रतिवेदन जतिसक्दो चाँडो जस्ताको तस्तै सार्वजनिक गर्न भनेका छौँ’, समिति संयोजक भण्डारीले रातोपाटीलाई बताए ।
स्रोतका अनुसार प्रतिवेदनमा गुरुङको बयान मात्र १७ पेज छ । ‘पर्याप्त प्रमाणहरू जुटाएर प्रतिवेदन तयार गरिएको छ’, स्रोतले भन्यो, ‘आरोपबारे सम्बन्धित क्षेत्रसँग बुझ्नेदेखि सम्पत्ति विवरण केलाएर अध्ययन भएको छ ।’
मन्त्रिपरिषद्को २८ वैशाखको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको थियो । गुरुङ र व्यवसायी दीपक भट्टबिच व्यवसायीका साझेदारी देखिएको भेटिएको थियो ।
त्यसबाहेक गुरुङमाथि सम्पत्ति विवरण सार्वजनिक गर्दा सेयर लुकाएको आरोप लागेको थियो । आरोपपछि गुरुङले वैशाख ९ गते राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण