सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
सारांश
- उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा तानिएको छ।
- प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा सचिव पुष्करलाई जगेडामा तानिएको हो।
- सचिव पुष्करले प्रधानमन्त्रीलाई राजदूतमा सिफारिस गर्न आग्रह गर्दै एसएमएस गरेपछि उनलाई जगेडामा तानिएको हो।
काठमाडौँ । उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा तानेको छ।
सचिव पुष्करलाई शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा जगेडामा तानिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत एक सचिवले रातोपाटीलाई जानकारी दिए। बिहीबार प्रधानमन्त्री शाहलाई सेन अफ कमान्ड मिचेर एसएमएस गरेको भन्दै सचिव पुष्करलाई प्रहरीले केरकार गरेको थियो। त्यसबारेमा मिडियामा समाचार आएपछि प्रधानमन्त्री शाहको निर्देशनमा उनलाई जगेडामा तानिएको हो ।
सचिव पुष्कर पाँच वर्षे सेवा हदका कारण असार २४ गते अनिवार्य अवकाशमा जाँदैछन्। सचिव पुष्करले बिहीबार आफू असार २४ गतेबाट अनिवार्य अवकाशमा जान लागेको मुख्य सचिव बन्ने सम्भावना नरहेको भन्दै राजदूतमा सिफारिस गर्न आग्रह गरेर प्रधानमन्त्री शाहलाई एसएमएस गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण