१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
सारांश
- परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणबाट डिजिटल भुक्तानी र ८४ परियोजनामा हस्ताक्षरसहितका सहमति गरेर स्वदेश फर्किएका छन् ।
- नेपाली कांग्रेसले सरकारको काम कारबाहीमाथि निगरानी बढाउन र संसदमा भूमिका सशक्त बनाउन विभागीय मन्त्रालयगत संयोजकहरूको बैठक राखेर छलफल गरेको छ ।
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार बिहान ९ बजे सर्वदलीय बैठक बोलाएका छन् ।
आज २०८३ जेठ २४ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? सरकारमाथि कांग्रेसको निगरानी, सुदूरपश्चिम सरकारमा मन्त्री फेरिँदै, ‘नेपाली ब्रो’द्वारा श्रीमतीको हत्या प्रकरणमा थप तीन जना पक्राउ, रविले बोलाए सर्वदलीय बैठक, प्रधानमन्त्रीको ‘मजाक’मा मन्त्री र सांसदको साथ, संघलाई प्रदेशको चुनौती लगायत छन् ।
१. भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ?
परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीन दिने भ्रमण सकेर स्वदेश फर्किएका छन् । भ्रमणका क्रममा उनले भारतीय समकक्षी एस जयशंकर लगायतसँग भेटवार्ता गरे । उनी डिजिटल भुक्तानीदेखि ८४ परियोजना हस्ताक्षरसम्मका विभिन्न सहमति गरेर फर्किएका हुन् ।
२. सरकारमाथि कांग्रेसको निगरानी
नेपाली कांग्रेसले सरकारमाथि निगरानी बढाउँदै लगेको छ । सरकारका काम कारबाहीमाथि प्रभावकारी निगरानी बढाउने तथा संसदमा आफ्नो भूमिकालाई थप सशक्त बनाउने उद्देश्यसहित नेपाली कांग्रेसले जिम्मेवारी तोकेका विभागीय मन्त्रालयगत संयोजकहरूको बैठक राखेर आइतबार छलफल गरेको छ ।
३. सुदूरपश्चिम सरकारमा मन्त्री फेरिँदै
सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री फेर्ने तयारी भइरहेको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले आ–आफ्ना पुराना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउन लागेका हुन् ।
४. ‘नेपाली ब्रो’द्वारा श्रीमतीको हत्या प्रकरणमा थप तीन जना पक्राउ
काठमाडौँको तारकेश्वरमा घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले ‘नेपाली ब्रो’ उपनामले चिनिने कुमार थापा मगरलाई नियन्त्रणमा लिएको छ । प्रहरीले थप तीन जनालाई समेत नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
५. रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् । सोमबार बिहान ९ बजे बस्नेगरी उनले सर्वदलीय बैठक बोलाएका हुन् । प्रतिनिधिसभा बैठकमा विपक्षीले निरन्तर विरोध जनाउँदै आएका छन् । विपक्षीको विरोधकै बिच जेठ १९ गते सभामुख डीपी अर्यालले प्रतिनिधि सभा बैठक ५ दिनसम्मका लागि स्थगित गरे । तर यसबिचमा विपक्षी दललाई सहमति ल्याउन कुनै पहल भएको छैन ।
६. प्रधानमन्त्रीको ‘मजाक’मा मन्त्री र सांसदको साथ
सचिव कृष्णहरि पुस्करले पठाएको म्यासेजसँग सम्बन्धित विषयलाई लिएर प्रधानमन्त्री बालेन शाहले मजाक स्वरुप फेसबुकमा स्टाटस लेखेपछि मन्त्री र सांसदहरूले पनि सोही शैलीमा प्रतिक्रिया लेख्दै प्रधानमन्त्रीलाई साथ दिएका छन् ।
७. संघलाई प्रदेशको चुनौती
संघीय सरकारको यातायात व्यवस्था विभागले केही दिनअघि सातवटै प्रदेश सरकारका यातायात हेर्ने मन्त्रालय र सबै स्थानीय तहलाई पत्र पठाएर सार्वजनिक सवारी साधनको दर्ता रोक्न निर्देशन दियो । केन्द्रको निर्देशन बमोजिम केही दिन सबैतिर दर्ता रोक्कासमेत भयो । तर, गत सातामात्रै बागमती प्रदेश सरकारले यो दर्ता सुरु गर्ने निर्णय गरेको छ ।
८. कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन भएका छन् । त्यहाँस्थित नेपाली दूतावासले उनीहरूलाई यथाशीघ्र कनेक्टिङ फ्लाइटसहितको टिकटको व्यवस्था गरी १२ जुन, २०२६ भित्र नेपाल फर्कन अनुरोध गरेको छ ।
९. रास्वपाको प्रदेश अधिवेशन कार्यविधिमा यस्तो छ व्यवस्था
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश अधिवेशन कार्यविधि तयार पारेको छ । कार्यविधि अनुसार पार्टीको अनुशासनात्मक कारबाहीमा परेका वा अनुशासन उल्लङ्घनका कारण जिम्मेवारीमुक्त भएका सदस्य वा अनुसशानात्मक छानबिनका लागि निलम्बनमा परेका सदस्य अधिवेशन प्रतिनिधि हुन मिल्ने छैन ।
१०. बहिर्गमनको चर्चाबारे मुख खोलिन् स्वास्थ्यमन्त्रीले
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्री पदबाट आफ्नो बहिर्गमनको विषयमा पार्टीबाट त्यस्तो केही निर्देशन नआएको बताएकी छन् । आइतबार मन्त्रालयमा पत्रकारहरूसँगको छलफलका क्रममा मन्त्री मेहताले मन्त्रालयबाट बिदा हुने विषयमा त्यस्तो आधिकारिक निर्देशन प्राप्त नभएको बताएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण