बक्स अफिसमा ‘काजी’ भन्दा ‘मितज्यू’ अगाडि
सोमबार, २५ जेठ २०८३, १४ : ५४
सारांश
- फिल्म 'मितज्यू' ले दुई सातामा करिब डेढ करोड ग्रस कमाउन सफल भएको छ ।
- यो अवधिमा 'मितज्यू' लाई ४५ हजार ५३३ जनाले हेरेका छन् ।
- सोही अवधिमा प्रदर्शनमा आएको फिल्म 'काजी' को कमाइ भने ४४ लाख ३८ हजार ९८५ रुपैयाँ ग्रस रहेको छ ।
काठमाडौँ । फिल्म ‘मितज्यू’ले दुई सातामा करिब डेढ करोड कमाउन सफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको आइतबार रातिसम्मको बक्स अफिस रिपोटमा फिल्मको आम्दानी १ करोड ३१ लाख ११ हजार ८५९ रुपैयाँ ग्रस रहेको छ ।
यो अवधिमा फिल्मलाई ४५ हजार ५३३ जनाले हेरेका छन् । जेठ ८ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, टेरिया मगर लगायतको अभिनय छ ।
त्यस्तै, यही मितिमा प्रदर्शनमा आएको फिल्म ‘काजी’को कमाइ भने ४४ लाख ३८ हजार ९८५ रुपैयाँ ग्रस रहेको छ । यो अवधिमा फिल्मलाई १४ हजार २६९ जनाले हेरेका छन् । फिल्ममा विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण