सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकामा ब्याजदर बढ्ने चिन्ताबिच सुनको मूल्य घट्यो

सोमबार, २५ जेठ २०८३, १५ : ०१
सोमबार, २५ जेठ २०८३

काठमाडौँ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)ले ब्याजदर बढाउन सक्ने आशङ्काबिच सोमबार पनि सुनको मूल्य घटेको छ ।

न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य शून्य दशमलव ३ प्रतिशतले बढेर प्रतिऔंस ४ हजार ३१५ डलर ७१ सेन्टमा उक्लिएको छ।

सोमबार बिहानी कारोबारमा ४ हजार २७२ डलर १७ सेन्टसम्म आएको थियो। यो दुई महिनायताकै न्यून हो। शुक्रबार पनि सुनको मूल्य ३ प्रतिशतले घटेको थियो। अगष्ट डेलिभरीको यूएस गोल्ड फ्युचर्सको मूल्य पनि शून्य दशमलव ६ प्रतिशतको कमीसहित प्रतिऔंस   हजार ३४१ डलर १० सेन्टमा आएको थियो ।

बजार विश्लेषकहरूका अनुसार अमेरिकी रोजगार तथ्याङ्क बलियो देखिएपछि फेडले ब्याजदर बढाउन सक्ने अपेक्षा बढेको छ। यसले अमेरिकी ट्रेजरी बन्डको प्रतिफल बढाएको छ ।जसले ब्याज नदिने सुनलगायत सम्पत्तिमा दबाबमा पारेका छन् । अमेरिकी १० वर्षे ट्रेजरी नोटको प्रतिफल दुई हप्ताकै उच्च स्तरमा पुगेको छ, जसले गर्दा सुनप्रतिको आकर्षण लगानीकर्तामा घटेको छ।

विश्लेषकहरूका अनुसार सुन सामान्यतया मुद्रास्फीतिबाट जोगिन सुरक्षित लगानी मानिन्छ, तर उच्च ब्याजदरले सुनको माग घटाउने गर्छ । बजारले अमेरिकी फेडरल रिजर्भले वर्षको अन्त्यसम्ममा ब्याजदर बढाउने सम्भावना करिब ७२ प्रतिशत रहेको अनुमान गरिरहेको छ।

क्लिभल्यान्ड फेड अध्यक्ष बेथ ह्याम्याकका अनुसार अमेरिकी श्रम बजार सन्तुलित अवस्थामा रहे पनि लगातार उच्च मुद्रास्फीतिले निकट भविष्यमा ब्याजदर बढाउनुपर्ने अवस्था आउन सक्ने सङ्केत छ।

सोमबार चाँदीको मूल्य शून्य दशमलव ५ प्रतिशतले घटेर ६७ डलर ४७ सेन्ट प्रतिऔंसमा झरेको छ। प्लाटिनम शून्य दशमलव ६ प्रतिशतले घटेर १ हजार ७६६ डलर ७० सेन्टमा पुगेको छ भने प्यालेडियम पनि शून्य दशमलव ३ प्रतिशतले बढेर १ हजार २२९ डलरमा पुगेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप