ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु
बुधबार, २७ जेठ २०८३, १० : ५४
सारांश
- उदयपुरको लिम्चुङ्बुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
- ढुङ्गा लोड गरेर जाँदै गरेको ट्याक्टर कच्ची बाटोमा फसेपछि निकाल्ने क्रममा ब्रेक फेल भई खोलामा खसेको थियो।
- दुर्घटनामा चालक ३२ वर्षीय हिमाल राईको मृत्यु भएको छ भने सहचालक सकुशल छन्।
उदयपुर । बुधबार बिहान अन्दाजी ५:३० बजे लिम्चुङबुङ गाउँपालिका–१ र ३ को सिमानामा पर्ने सेतिढुङ्गा खहरे खोलामा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
कात्तिकेबाट ढुङ्गा लोड गरी वडा नं. १ को कार्यालयतर्फ जाँदै गरेको म.प्र.०१-००१ त २८४० नम्बरको ट्याक्टर खहरे खोलाको उकालो र भिरालो कच्ची बाटोमा फसेपछि निकाल्ने क्रममा ब्रेक फेल भई अनियन्त्रित हुँदा सडकबाट अन्दाजी ५० मिटर तल खोलामा पल्टिएको हो ।
दुर्घटनामा ट्याक्टर चालक सोही स्थानमा ३२ वर्षीय हिमाल राईको घटनास्थलमै मृत्यु भएको हो । सहचालक प्रदीप राई भने सकुशल रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'सरकारले सुनसरी र पर्सामा भएका घटनाहरुको पूर्ण जिम्मेवारी लिनुपर्छ'
-
बीमा र धितोपत्र कसुरमा शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्ने आदेश
-
कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
-
लुम्बिनीमा फेरियो सत्ता समीकरण : एमाले र नेकपाबिच नयाँ सरकार गठनको कसरत
-
कर्णालीका मुख्यमन्त्रीको नियुक्ति र शपथ बुधबार हुने
-
ब्ल्याकलिस्टमा परेकी महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण