ड्रिम वर्ल्डले ‘सोसल मिडिया फिल्म अवार्ड’ गर्ने
काठमाडौं – सन्देशमूलक चलचित्र निर्माण गरेर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै आएका संघसंस्था र व्यक्तिलाई सम्मान गर्ने उद्देश्यले ‘सोसल मिडिया फिल्म अवार्ड २०१८’ आयोजना हुने भएको छ ।
‘ड्रिम वल्र्ड अफ फिल्म मेकर्स’ले सो अवार्ड आयोजना गर्न लागेको हो । ‘स्वतन्त्र ढंगले आफ्नो अभिव्यक्ति सामाजिक सञ्जाल मार्फत ब्यक्त गर्न पाउने अहिले संस्कार बसेकोछ’ आयोजक संस्थाकी अध्यक्ष सवनम् मुखियाले भनिन् ‘सकारात्मक र सही सूचना दिने सामाजिक सञ्जालमा अपलोड गरेका चलचित्र साह्रै मन छुने पाइन्छ । यस्ता चलचित्र निर्माण गर्ने व्यक्ति एवं संस्थाहरुलाई हौसला र सम्मान दिन अवार्ड आयोजना गर्न लागिएको हो ।’
उनले अवार्डमा सहभागीका लागि आवेदन समेत खुल्ला भएको जानकारी गराएकी छन् ‘ड्रिम वर्ल्ड अफ फिल्म मेकर्स’को अफिसमा पाइने आवेदन फर्क अनलाइनबाट भर्न मिल्ने व्यवस्था गरिएको छ ।
१६ विधा समावेश अवार्डलाई अस्कर इन्टरनेशनल कलेज अफ फिल्म स्टडीज, नेपाल फिल्म एकडेमी, प्राचीन सम्पदा नेपाल, अमर रत्न फिल्मम्, काशी खण्ड कृषि फामले प्रायोजन गर्दैछ ।
आगामी माघ महिनामा आयोजना हुने अवार्डमा उत्कृष्ट डकुमेन्ट्री, उत्कृष्ट पिएसए, उत्कृष्ट छोटो फिल्म, उत्कृष्ट छायाँकन, उत्कृष्ट सम्पादन,उत्कृष्ट महिला अभिनेत्री, उत्कृष्ट पुरुष अभिनेता, उत्कृष्ट निर्देशक, सोसल मिडिया, उत्कृष्ट सोसल मिडिया भिज्वल (फेसबुक इन्स्टाग्राम टुइटर), उकृष्ट युट्यूब भिडिया, उत्कृष्ट चुनौतीपूर्ण समाचार,उत्कृष्ट उत्साह दिने म्यूजिकल्ली कन्टेन्ट, उत्कृष्ट ट्रोल, पब्लिक चोइस लगायत बिधा रहेका छन् ।
कार्यक्रममा नगद सहित सञ्चारकर्मी र सोसल मिडिया एक्टिभिस्ट ब्यक्तिलाई पनि सम्मान गरिने आयोजनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ
-
मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन
-
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
मेसीको दोस्रो गोल, अर्जेन्टिना जिततर्फ उन्मुख
-
‘मन्त्रालय गाभ्नु राम्रो हो, अब असारे विकास प्रवृत्ति हटाउनुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण