काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा
काठमाडौँ । पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार निश्चित वर्षामापन केन्द्र आसपास भारी वर्षा भएको हो । आज राति ८ः३० बजेको मापन केन्द्रको अभिलेखअनुसार काठमाडौँसहित, झापा, मोरङ, तनहुँ, दाङ र सुर्खेतमा भारी वर्षा भएको छ ।
काठमाडौँको कपन क्षेत्रमा आज पछिल्लो २४ घण्टामा ५१.८ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी झापाको बाहुनडाँगीमा ७७.४ मिलिमिटर वर्षा भएको छ । यस्तै तनहुँमा ५३.२, दाङमा ४८.२ र सुर्खेतमा ५२.८ मिलिमिटर वर्षा भएको छ । यी सबै क्षेत्रमा भारी वर्षा भएको हो ।
मौसम बदली भई ठाउँ ठाउँमा वर्षा भएकाले आज देशभरको तापक्रम पनि घटेको विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए । उनका अनुसार आज तापक्रम तराइमा ३९ डिग्रीभन्दा कम तथा काठमाडौँमा २१ डिग्री छ ।
विभागले आज साँझ जारी गरेको मौसम बुलेटिनका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएको छ ।
बिहीबार देशभर साधारणतया बादल लाग्ने तथा कोशी, बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरू तथा मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागमा मध्यमसम्म वर्षा हुने बताइएको छ ।
यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थान साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।
वरिष्ठ मौसमविद् वरुण पौडेलले नेपाल मनसुन प्रवेशको संघारमा रहेको जानकारी दिँदै अबको केही दिनमै मनसुन प्रवेश हुनसक्ने बताए । यसपालि मनसुनमा औषतभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने आकलन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा सभामुखको बोली चिप्लिएपछि ...
-
१२ बजे १२ समाचारः करका दर हेरफेरमा अर्थमन्त्रीको स्पष्टीकरण, रास्वपा कर्णाली नेतृत्वका रस्साकस्सी
-
फेदीवन जङ्गलमा ८ थान इजाजत नभएका बन्दुक भेटियो
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण